default_image

3 years ago

March 23, 2021

जाभी जर्मन क्लबको प्रशिक्षक बन्ने!

एजेन्सी – स्पेनिस पुर्व मिडफिल्डर जाभी अलन्सो जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडवाकको प्रशिक्षक बन्ने भएका छन् ।उनले आउदो समरसँगै मोन्चेनग्लाडवाकको प्रशिक्षण भार सम्हाल्ने जर्मन सञ्चार माध्यम विल्ड रिपोर्टले जनाएको छ मोन्चेनग्लाडवाकको हालको प्रशिक्षकमा मार्काे रोस रहेका छन् । बोरुसिया डर्टमुन्डले आउदो समरसँगै लुसियन फाब्रेको स्थानमा मार्काे रोसलाई प्रशिक्षक बनाउने योजना अघि सारिसकेको छ । ३९ […]

103 views

0 Bookmark

एजेन्सी – स्पेनिस पुर्व मिडफिल्डर जाभी अलन्सो जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडवाकको प्रशिक्षक बन्ने भएका छन् ।उनले आउदो समरसँगै मोन्चेनग्लाडवाकको प्रशिक्षण भार सम्हाल्ने जर्मन सञ्चार माध्यम विल्ड रिपोर्टले जनाएको छ

मोन्चेनग्लाडवाकको हालको प्रशिक्षकमा मार्काे रोस रहेका छन् । बोरुसिया डर्टमुन्डले आउदो समरसँगै लुसियन फाब्रेको स्थानमा मार्काे रोसलाई प्रशिक्षक बनाउने योजना अघि सारिसकेको छ ।

३९ वर्षीय अलन्सो हाल स्पेनिस क्लब रियल सोसिडाडको ‘बी’ टिमको प्रशिक्षक रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखका पुर्व मिडफिल्डर अलन्सोको प्रशिक्षणमा रियल सोसिडाडको ‘बी’ टोलीले उच्च प्रदर्शन गरिरहेका छन् ।

मोन्चेनग्लाडवाकले पछिल्लो १० मध्ये ८ खेल गुमाएको थियो । पछिल्लोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै बाहिरिएको मोन्चेनग्लाडवाकले बुन्डेसलिगामा साल्केलाई ३–० ले पराजित गरेको थियो ।

अलन्सोले २०१७ मा बायर्न म्युनिखबाट व्यवसायिक फुटबलबाट सन्यास लिदै प्रशिक्षण करियरमा होमिएका थिए । उनी रियल म्याड्रिडको युथ टिमको प्रशिक्षक बनेका थिए । त्यसपछि उनी सोसिडाड पुगेका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.