default_image

3 years ago

March 23, 2021

रोनाल्डो अर्काे कीर्तिमान नजिक

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्काे कीर्तिमाननजिक पुगेका छन् । अन्तर्राष्ट्रिय ब्रेकमा पोर्चुगलले युरोपियन विश्वकप छनोटमा तीन खेल खेल्दैछ । उक्त तीन खेलमा गोल गर्न सके रोनाल्डो बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् । ३६ वर्षीय रोनाल्डोले १०२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी इरानका अली दाईभन्दा ७ गोलले मात्रै पछि छ । […]

44 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्काे कीर्तिमाननजिक पुगेका छन् । अन्तर्राष्ट्रिय ब्रेकमा पोर्चुगलले युरोपियन विश्वकप छनोटमा तीन खेल खेल्दैछ ।

उक्त तीन खेलमा गोल गर्न सके रोनाल्डो बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् । ३६ वर्षीय रोनाल्डोले १०२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी इरानका अली दाईभन्दा ७ गोलले मात्रै पछि छ । अली दाईले १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

पोर्चुगलले विश्वकप छनोटमा २४ मार्चमा अजरवैजान, २७ मार्चमा सर्विया र ३० मार्चमा लक्जेमवर्गसँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलभन्दा तुलनात्मक रुपमा कमजोर रहेका कारण इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले सबै तीन खेलमा गोल गर्ने सम्भावना छ ।

सन् २००३ अगस्ट २० मा १८ वर्षको उमेरमा काजकस्तानविरुद्धको खेलबाट डेब्यु गरेका रोनाल्डोले यसै साता नै अली दाईको कीर्तिमानलाई तोड्ने सम्भावना छ । रोनाल्डोले १२ जुन २००४ मा युरोपियन च्यापियनसिपमा ग्रीसविरुद्ध पहिलो गोल गरेका थिए । उनले १४ अगस्ट २००२ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट पहिलो व्यवसायिक गोल गरेका थिए ।

रोनाल्डोको गोल गर्ने क्रम अझै पनि रोकिएको छैन । उनले २०१९ मा सबैभन्दा धेरै १४ अन्तर्राष्ट्रिय गोल गरेका थिए । गतवर्ष रोनाल्डोले ६ खेलमा तीन गोल गरेका थिए । रोनाल्डोको मुख्य लक्ष्य गोलसँगै आफ्नो कप्तानीमा टोलीलाई कतार विश्वकप २०२२ मा छनोट गराउने हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.