default_image

3 years ago

March 25, 2021

नेपाल १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउदा १० खेलाडीमा समेटिएकोृ किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो । नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउदा १० खेलाडीमा समेटिएकोृ किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो । नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए ।

चौथो मिनेटमा तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाएपनि प्रहार गर्न सकेन ।

१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाउदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अन्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा तेज तामाङको हेडर गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बचाए । ५३औं मिनेटमा फ्रिकिकबाट आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जन विष्टको हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । लगत्तै रन्जितकै फ्रिकिकमा अन्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अन्जनलेको हेडर सदुपयोग हुन सकेन ।

६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । ७३औं मिनेटमा रोहित चन्दको ब्याक पासमा तालमेल नमिल्दा गोलरक्षक किरणले गोललाइन नजिकैबाट क्लियर गर्दै नेपालको संकट टारे ।

७५औं मिनेटमा दिनेश राजवंशीको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षक प्रिएडकिन अर्टिमले नियन्त्रणमा लिए ।

नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको छ । नेपाल र किर्गिस्तानको समान १ अंक तथा बंगलादेशको ३ अंक छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.