default_image

3 years ago

March 25, 2021

नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र किर्गिस्तानको यु–२३ टोलीले बिहीबार गोलरहित बराबरी खेलेपछि बंगलादेश लिग चरणको अन्तिम खेलअघि नै थ्री नेसन्स कपको फाइनल पुगेको छ । पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बगंलादेशको ३ अंक छ । बंगलादेश लिग चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपनि कुनै फरक पर्नेछैन । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुदैछ […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र किर्गिस्तानको यु–२३ टोलीले बिहीबार गोलरहित बराबरी खेलेपछि बंगलादेश लिग चरणको अन्तिम खेलअघि नै थ्री नेसन्स कपको फाइनल पुगेको छ ।

पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बगंलादेशको ३ अंक छ । बंगलादेश लिग चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपनि कुनै फरक पर्नेछैन ।

नेपाल र बंगलादेशबीचको खेल शनिबार हुदैछ । नेपाल र किर्गिस्तानको समान १ अंक छ । किर्गिस्तानले दुई खेल खेलिसकेको छ । नेपालले बंगलादेशसँग एक खेल खेल्न बाँकी छ ।

नेपालले किर्गिस्तानको युवा टोलीविरुद्ध दर्जन बढी अवसर पाएपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बनेको थियो ।
नेपाललाई फाइनल पुग्न बंगलादेशविरुद्ध बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । नेपाल १–० ले पराजित भएको अवस्थामा पनि फाइनल पुग्ने सम्भावना रहनेछ ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.