default_image

3 years ago

March 25, 2021

रुपको ५ गोलमा स्टार सिटीको फराकिलो जित

नेपालगन्ज (हाम्रो खेलकुद) – रुप बहादुर लामाको ह्याट्रिकसहित ५ गोल मद्दतमा स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा बिहिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबमाथि ७–१ को फराकिलो जित निकालेको छ । नेपालगन्ज रंगशालामा भएको एकपक्षीय खेलमा टोप बहादुर विष्ट र ऋतिक खड्काले गोल थप्दा लेकालीका रोशन रानामगरले एक गोल फर्काए […]

20 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – रुप बहादुर लामाको ह्याट्रिकसहित ५ गोल मद्दतमा स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा बिहिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबमाथि ७–१ को फराकिलो जित निकालेको छ ।

नेपालगन्ज रंगशालामा भएको एकपक्षीय खेलमा टोप बहादुर विष्ट र ऋतिक खड्काले गोल थप्दा लेकालीका रोशन रानामगरले एक गोल फर्काए । खेलको नवौं मिनेटमा रोशन रानामगरको गोलबाट लेकालीले अग्रता लिएको थियो । तर लेकालीले त्यो अग्रतालाई जोगाउन सकेन । ३६औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा रुपले व्यक्तिगत दोस्रो गोल गर्दै स्टार सिटीलाई २–१ ले अघि बढाए । ६५औं मिनेटमा रुपले ह्याट्रिक पुरा गर्दा स्टार सिटी खेलमा ३–१ ले अघि बढ्यो । ६६औं मिनेटमा टोप बहादुर विष्टले गोल गर्दै स्टार सिटीलाई फराकिलो जिततर्फ अघि बढाए । त्यसपछि रुपले ८२औं र ८६औं मिनेटमा गोल गर्दा स्टार सिटीले ६–१ को आरामदायी अग्रता बनायो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ऋतिक खड्काले गोल गर्दै स्टार सिटीलाई ७–१ को फराकिलो जित दिलाए । पाँच गोल गरेका रुप बहादुर लामा खेलको म्यान अफ दि म्याच घोषित भए ।

जितसँगैं अपराजित रहेको स्टार सिटी १३ अंकसहित लिगको शीर्षस्थानमा रहेको छ । स्टारले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । तालिकाको पुछारमा रहेको लेकालीको ५ खेलबाट ४ हार र १ बराबरीका साथ १ अंक छ ।

१५ चैतसम्म चल्ने प्रतियोगितामा सात प्रदेशका ७ च्याम्पियनको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउनेछन् ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.