default_image

3 years ago

March 25, 2021

गोलरहित बराबरीमा पनि प्रशिक्षक आक्रमणबाट सन्तुष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको पहिलो खेलमा बिहीबार किर्गिस्तान यू-२३ विरुद्ध गोलरहित बराबरी खेल्यो । फिनिसिङमा कमजोर सावित भएपनि गोलरहित बराबरीपछि प्रशिक्षक बालगोपाल महर्जनले भने टोलीको आक्रमणबाट सन्तुष्ट रहेको बताए । सुरुवाती रोजाइमा अन्जन विष्ट र अभिषेक रिजाललाई फरवार्डको रुपमा उतारेको नेपालले निकै अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न भने […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको पहिलो खेलमा बिहीबार किर्गिस्तान यू-२३ विरुद्ध गोलरहित बराबरी खेल्यो । फिनिसिङमा कमजोर सावित भएपनि गोलरहित बराबरीपछि प्रशिक्षक बालगोपाल महर्जनले भने टोलीको आक्रमणबाट सन्तुष्ट रहेको बताए ।

सुरुवाती रोजाइमा अन्जन विष्ट र अभिषेक रिजाललाई फरवार्डको रुपमा उतारेको नेपालले निकै अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न भने चुक्यो । आफ्नो पहिलो रोजाइमा रहेका खेलाडीको छनोटबारे प्रश्न गर्दा महर्जन सुरुमै कड्किए, ‘छनोट नराम्रो होइन । अवसर पाएका पनि हुन् । त्यसलाई सदुपयोग गर्न सकेनन् । म उनीहरुको प्रदर्शनबाट सन्तुष्ट छु । गोल मात्र निक्लन सकेन, बाँकि राम्रो थियो,’ उनले भने ।

उनले तीन महिनाको तयारीको बीचमा कुनै मैत्रीपुर्ण खेल नपाएकोले पहिलो खेल हुदा नतिजा निकाल्न नसकिएको थपे । ‘दशरथ रंगशालमा धेरै वर्षपछि खेल्न मौका पायौं । हामीले दर्जन बढी अवसर सिर्जना गर्यौं तर स्कोर निस्किएन । अट्याकिङ थर्डमा खेलाडी चुके त्यसैले बराबरी भयो ,’ महर्जनले थपे ।

महर्जनले आफूले छनोट गरेको टोली हाल नेपालको उत्कृष्ट खेलाडी समेटेर नै बनेको दावी गरे । ‘अहिले छनोट गरेको टोलीमा नेपालमा उपलब्ध खेलाडीमध्य उत्कृष्ट खेलाडी रहेको छन् । आजको प्रदर्शनले गोल निस्किएन त्यसमा भन्ने ठाउँ छ तर नराम्रो खेलेको होइन,’ उनले भने ।

किर्गिस्तानका प्रशिक्षक जोल्डोसोभ नुर्वेकले टोलीले सोचेभन्दा पनि राम्रो खेलेको र आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘हाम्रो खेलाडीले टोलीका लागि आफ्नो सक्दो प्रयास गरे । मैले सोचेभन्दा बढी मिहिनेत लगाएर खेले । हाम्रो कप्तानले रातो कार्ड नखाँदासम्म खेल बराबर नै थियो । १० खेलाडीमा समेटिएपछि भने हामीले दबाब खेप्यों तर शरीरले साथ नदिएको अवस्थामा पनि खेलाडी डटेर खेले,’ उनले भने ।

नुर्बेकले नेपाल र बंगलादेशबीचमा तुलना गर्दा नेपाल राम्रो भएको अभिव्यक्ति दिए । ‘दुवै टोलीको तुलना गर्दा नेपाल केहि माथि देखिन्छ । नेपालले छरितो फुटबल खेल्छ । आजको खेलमा पनि हामीलाई दबाबमा राख्यो,’ उनले थपे, ‘आशा छ अब शनिबारको खेल दुवै टोलीले उच्च प्रतिस्पर्धा गर्नेछन् र नतिजा पनि न्यायपूर्ण नतिजा आउनेछ ।’

नेपालले अब शनिबार हुने खेलमा फाइनल पुगिसकेको बंगलादेशको सामना गर्नेछ । १ अंक जोडेको नेपालले कम्तिमा बराबरी मात्र गरेपनि फाइनलमा स्थान पक्का गर्नेछ । हार बेहोरेको खण्डमा भने नेपालले १-० को हार बेहोर्दा अघि बढ्ने सम्भावना कार्डको गणनामा निर्भर हुन्छ । २ गोलको अन्तर भन्दा बढीले हारे बाहिरिने नेपाल १ गोलको अन्तरले हार्दा भने फाइनल पुग्न गोल गरेको हुनुपर्नेछ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.