default_image

3 years ago

March 25, 2021

साइनो मिल्स गोल्ड कपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)– साइनो स्पोर्टस क्लब रानी मोरङ प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।धरान सिटी फुटबल एकेडेमी सुनसरीलाई बिहीबार १–० ले हराउँदै साइनो उपाधि नजिक पुगेको हो । साइनो शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चलको सामना गर्नेछ । दोर्जे तामाङले गरेको गोलमा साइनो फाइनलमा विजयी भएको थियो । उनले ५९ […]

31 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– साइनो स्पोर्टस क्लब रानी मोरङ प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
धरान सिटी फुटबल एकेडेमी सुनसरीलाई बिहीबार १–० ले हराउँदै साइनो उपाधि नजिक पुगेको हो । साइनो शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चलको सामना गर्नेछ ।

दोर्जे तामाङले गरेको गोलमा साइनो फाइनलमा विजयी भएको थियो । उनले ५९ औं मिनेटमा गोल गरेका थिए । दोर्जेले आफूले प्रहार गरेको पेनाल्टी विपक्षी गोलकिपरले रोकेर पूर्णरुपमा नियन्त्रणमा लिन नसक्दा फर्केर आएको बलमा उनले गोल गरेका थिए ।

विजेता टोलीका गोलकिपर प्रज्वल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका थिए । उनले ५ हजार र पदक प्राप्त गरे । न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले उनलाई पुरस्कार हस्तान्तरण गरे ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.