default_image

3 years ago

March 26, 2021

इंग्ल्यान्डको पाँच गोल!

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डको फराकिलो जितमा डोमिनिक काल्भर्ट लेविनले दुई तथा जेम्स वार्ड प्राउज, रहिम स्टर्लिङ र ओले वाट्किन्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल […]

46 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित निकालेको छ ।

घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डको फराकिलो जितमा डोमिनिक काल्भर्ट लेविनले दुई तथा जेम्स वार्ड प्राउज, रहिम स्टर्लिङ र ओले वाट्किन्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल सम्भव भएको थियो ।

एकपक्षीय बनेको खेलमा घरेलु टोली इंग्ल्यान्डले खेलको १४औं मिनेटमा जेम्स वार्ड प्राउजको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । २१आं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले रिस जेम्सको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

३१औं मिनेटमा मासन माउन्टको पासमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । ५३औं मिनेटमा काल्भर्टले जेसे लिङ्गार्डको पासम व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इंग्ल्यान्डलाई सहज जिततर्फ अघि बढाए । ८३औं मिनेटमा फिल फोडेनको पासमा ओले वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए ।

यही समूह ‘आई’ को अर्काे खेलमा अल्वानियाले एन्डोरालाई १–० ले पराजित गर्दा हंगेरी र पोल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली हंगेरीका रोलान्ड सलाई, एडाम जलाई र विल्ली ओर्वानले गोल गर्दा पोल्यान्डका क्रिजिस्टफ पियाटिक, कामिल जोजवियाक र रोवर्ट लेवान्डोस्कीले गोल गरे ।

जितपछि इंग्ल्यान्ड समुूह ‘आई’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि अल्वानिया दोस्रो स्थानमा रहेको छ । समान १ अंक जोडेको पोल्यान्ड र हंगेरी तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.