default_image

3 years ago

April 3, 2021

अभिषेकलाई सहाराको सम्मान

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लबले अभिषेक रिजाललाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरेको छ । सहाराले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनका दौरान शनिबार अभिषेकलाई ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो । क्लबले हरेक वर्ष राष्ट्रिय टोलीका एक खेलाडीलाई आहा रारा गोल्ड कपको उद्घाटनका अवसरमा सम्मान गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद् […]

34 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लबले अभिषेक रिजाललाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरेको छ । सहाराले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनका दौरान शनिबार अभिषेकलाई ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

क्लबले हरेक वर्ष राष्ट्रिय टोलीका एक खेलाडीलाई आहा रारा गोल्ड कपको उद्घाटनका अवसरमा सम्मान गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अभिषेकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले उक्त सम्मानको रकम प्रायोजन गर्दै आएका छन् ।

यसै साता नेपालले थ्री नेसन्स कप जित्दा अभिषेक टोलीका सदस्य थिए । केहि दिन अघि मात्र उनी आई लिग खेलेर स्वदेश फर्केका थिए । उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने नेपाली टोलीका सदस्य थिए ।


अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल खेलकुद पत्रकार मञ्च र एन्फाको रेफ्री समितिबाट सिफारिस भएका आएका समान ३ खेलाडीको नामबाट सम्मानित हुने खेलाडीको छनोट गरिने सहाराले जनाएको छ । यसअघि राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, भरत खवास र सुजल श्रेष्ठले यो पुरस्कारबाट सम्मानित भएका थिए ।

आहा रारामा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबसहित ६ टोली, आयोजक र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) गरि ८ टोलीले प्रतियोगिता भाग लिइरहेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.