default_image

3 years ago

April 3, 2021

आर्मीलाई हराउँदै एआरए विजय स्मृति गोल्ड कप च्याम्पियन

चितवन (हाम्रो खेलकुद) – अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै एआरए च्याम्पियन बनेको हो । एआरएको जितमा किउटे, बास्सेक र मौसाले गोल गरे । आर्मीका सुशान्त चौधरीले एक गोल फर्काए । […]

83 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै एआरए च्याम्पियन बनेको हो ।

एआरएको जितमा किउटे, बास्सेक र मौसाले गोल गरे । आर्मीका सुशान्त चौधरीले एक गोल फर्काए । खेलको पहिलो हाफमा विदेशी टोलीले आर्मीलाई निकै दबाबमा राखेको थियो । ४० औं मिनेटमा किउटेले गोल गर्दै एआरएलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा एआरएले २ गोल थप्यो । ४८ औं मिनेटमा नै बास्सेकले एआरएको अग्रतालाई दोब्बर बनाए ।

६१ औं मिनेटमा मौसाले गोल गर्दै एआरएलाई ३–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा सुशान्तले आर्मीका गोल फर्काए । आर्मीले थप गोलको अवसर सृजना गरे पनि सफल भएन । खेल अवधिभर क्यामरुनले आर्मीलाई खुलेर खेल्न दिएन । खेलको म्यान अफ दि म्याच एआरएका केउटे घोषित भए । उपाधिसँगै एआरएले उपाधिसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता टोलीका मौसा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै २० हजार रुपैयाँ प्राप्त गरे ।

एआरएका गुएमो उत्कृष्ट डिफेन्डर, आर्मीका रमेश भुजेल उत्कृष्ट मिडफिल्डर, ५ गोल गरेका आर्मीकै सुशान्त सर्वाधिक गोलकर्ता, नुवाकोट युनाइटेड एफसीका प्रयास तामाङ उदयमान खेलाडी र क्यामरुनका सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताबाट बचत रकम स्वर्गिय विजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ बताइएको छ । एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका क्रममा कतारमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनले नेपालको यू १३ र यू १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । उनले चितवनका लागि थुप्रै प्रतियोगिता खेलेका थिए । खड्गीकी श्रीमती र ३४ महिनाका छोरा छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.