default_image

3 years ago

April 3, 2021

तारकेश्वरका लागि निशानको २ गोल

नुवाकोट (हाम्रो खेलकुद) – बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी गाउँपालिका र ककनी गाउँपालिका भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छन् । नुवाकोटको शिवपुरी गाउँपालिकामा जारी प्रतियोगितामा शनिबार बेलकोटगढीले म्यागङ गाउँपालिकालाई ३–० ले हराएपछि समूह बीको विजेता बन्दै अन्तिम आठमा पुगेको हो । विकेश लामाले पहिलो मिनेटमा नै गोल गरे । सन्दिप पुडासैनीले […]

41 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी गाउँपालिका र ककनी गाउँपालिका भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकामा जारी प्रतियोगितामा शनिबार बेलकोटगढीले म्यागङ गाउँपालिकालाई ३–० ले हराएपछि समूह बीको विजेता बन्दै अन्तिम आठमा पुगेको हो । विकेश लामाले पहिलो मिनेटमा नै गोल गरे । सन्दिप पुडासैनीले ४५ औं मिनेटमा र अमृत थिङ लामाले इन्ज्युरी समयमा गोल गरेपछि बेलकोटगढीले सहज जित हासिल गरेको थियो । विजेता टोलीका सन्दिप म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा पञ्चकन्याले दुप्चेश्वर गाउँपालिकालाई २–१ ले परातिज ग¥यो । पञ्चकन्याका लागि सञ्जय शाहीले पाँचौं र १५ औं मिनेटमा गोल गरे । दुप्चेश्वरका राकेश दोङले ३८ औं मिनेटमा गोल फर्काए । पञ्चकन्याका सुवास तामाङ म्यान अफ द म्याच भए ।

तेस्रो खेलमा सूर्यगढीले तारकेश्वर गाउँपालिकालाई २–० ले हरायो । सूर्य गढीका लागि निशान श्रेष्ठले ६० र ६८ औं मिनेटमा गोल गरे । खेलको अन्तिम समयमा तारकेश्वरले पेनाल्टी पाएको थियो । तर तारकेश्वरका गोविन्द रिमालको प्रहार गरेको पेनाल्टी सूर्यगढीका गोलकिपर विक्रम गुरुङले रोके । गोलकिपर विक्रम खेलको म्यान अफ द म्याच चुनिए ।

तारकेश्वरको हारपछि ककनी गाउँपालिका समूह सि बाट उप विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । शिवपुरी र ककनी तथा सूर्यगढी र पञ्चकन्याबीच क्वार्टरफाइनलमा प्रतिष्पर्धा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.