default_image

3 years ago

April 3, 2021

रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जित निकालेको छ । रियलले इबरलाई २–० ले पराजित गरेको छ । मार्को एसेन्सियो र करिम बेन्जेमाको गोलमा रियलले जित निकालेको थियो । एसेन्सियोले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।बेन्जेमाले रियलमा आबद्ध भएयता लगातार सातौं […]

47 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जित निकालेको छ । रियलले इबरलाई २–० ले पराजित गरेको छ । मार्को एसेन्सियो र करिम बेन्जेमाको गोलमा रियलले जित निकालेको थियो ।

एसेन्सियोले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।बेन्जेमाले रियलमा आबद्ध भएयता लगातार सातौं खेलमा गोल गरेका छन् । भिनिसियसको गोलमा बेन्जेमाले हेडमार्फत गोल गरेका थिए ।

ला लिगामा यो उनको १८ औं गोल हो । पछिल्ला ७ खेलमा उनले ९ गोल गरेका छन् । सबै प्रतियोगितामा गरि बेन्जेमाले यो सिजन २४ गोल गरिसकेका छन् । रियलका लागि बेन्जेमाको गोल संख्या १ सय ८७ पुगेको छ । क्लब इतिहासमा उनी सर्वाधिक गोलकर्ताको चौथो स्थानमा छन् । उनी भन्दा अगाडि राउल, अल्फ्रेडो डि स्टेफानो र क्रिस्टियानो रोनाल्डो छन् ।

जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको भन्दा रियलको ३ अंक कम छ । २९ खेलमा रियलको ६३ अंक पुगेको छ । एट्लेटिको ६६ र बार्सिलोनाको ६२ अंक छ । इबर २३ अंकका साथ अंक तालिकाको १९ औं स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.