default_image

3 years ago

April 4, 2021

जोटा चम्कदा लिभरपुलको सानदार जित

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई तथा इजिप्टका फरवार्ड मोहम्मद सलाहको एक गोलको मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलाई पराजित गरेको छ । शनिबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपुलले आर्सनलाई ३–० ले पराजित गरेको हो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा आर्सनलले लिभरपुललाई पहिलो हाफमा […]

44 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई तथा इजिप्टका फरवार्ड मोहम्मद सलाहको एक गोलको मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलाई पराजित गरेको छ ।

शनिबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपुलले आर्सनलाई ३–० ले पराजित गरेको हो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा आर्सनलले लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।

६४औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० ले अघि बढाए । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा साडियो मानेको पासमा जोटालेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै लिभरपुल ३० खेलबाट ४९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित आर्सनल ४२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.