default_image

3 years ago

April 4, 2021

सिटीको जितमा जेसस र मेन्डीको गोल

एजेन्सी – डिफेन्डर बेन्जामिन मेन्डी र फरवार्ड गाब्रियल जेससको गोल मद्दतमा शीर्षीस्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको छ । किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा बेन्जामिन मेन्डीले गोल गर्दै सिटीलाई १–० […]

82 views

0 Bookmark

एजेन्सी – डिफेन्डर बेन्जामिन मेन्डी र फरवार्ड गाब्रियल जेससको गोल मद्दतमा शीर्षीस्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको छ ।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा बेन्जामिन मेन्डीले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । रोड्रीको क्रसलाई युरी टिलेमान्सले क्लियर गर्न नसकेको बललाई मेन्डीले जाली चुमाएका थिए ।

७४औं मिनेटमा ब्राजिली फरवार्ड जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले सब्सिच्युट रहिम स्टर्लिङको पासलाई सदुपयोग गरेका थिए । उनी ६३औं मिनेटमा सर्जियो अगुइरोको स्थानमा मैदानमा प्रवेश गरेका थिए । घरेलु मैदानमा २–० ले पछि परेको लेस्टरले त्यसपछि सुधारिएको खेल पस्कदै सिटीमाथि दवाव बढाएपनि फिनिसिङमा चुक्दा सिटी विजयी हुन सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३१ खेलबाट ७४ अंक पुगेको छ । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई १७ अंकले पछि पारेको छ । यद्दपि युनाइटेडले दुई खेल कम खेलेको छ । पराजित लेस्टर ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.