default_image

3 years ago

April 4, 2021

रोनाल्डोले युभेन्टसलाई हारबाट जोगाए

एजेन्सी – खेल सकिन अन्तिम ११ मिनेट बाँकी रहँदा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ । युभेन्टसले टोरिनोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा र त्यसपछि हारनजिक पुगेको अवस्थामा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए । टोरिनोमा शनिबार राति भएको […]

44 views

0 Bookmark

एजेन्सी – खेल सकिन अन्तिम ११ मिनेट बाँकी रहँदा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ ।

युभेन्टसले टोरिनोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा र त्यसपछि हारनजिक पुगेको अवस्थामा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

टोरिनोमा शनिबार राति भएको खेलमा युभेन्टसले खेलको १३औं मिनेटमा फेडरिको चिइसाको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासलाई सदुपयोग गरेका थिए । २७औं मिनेटमा एन्टेनियो सानाब्रियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा शुरुमै अर्थात ४६औं मिनेटमा सानाब्रियाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले जर्जियो चिलियानीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै युभेन्टसलाई हारबाट जोगाए ।

यो बराबरीपछि युभेन्टस २८ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा रहेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानभन्दा १२ अंकले पछि छ । इन्टरको ६८ अंक छ । टोरिनो २४ अंक जोडेर १७औं स्थानमा छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा शीर्षस्थानमा रहेको इन्टर मिलानले बोलोग्नालाई १–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको छ । इन्टरको जितमा रोमेलु लुकाकुले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.