default_image

3 years ago

April 4, 2021

सोसिडाड ३४ वर्षपछि कोपा डेल रे च्याम्पियन

एजेन्सी – रियल सोसिडाड ३४ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको फाइनलमा कप्तान मिकेल ओयरजावालले पेनाल्टीमार्फत गोल गरेपछि एथलेटिको बिल्वाओलाई १–० ले पराजित गर्दै सोसिडाड च्याम्पियन बन्न सफल भएको हो । सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको हो । त्यतिबेला सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्दै […]

134 views

0 Bookmark

एजेन्सी – रियल सोसिडाड ३४ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको फाइनलमा कप्तान मिकेल ओयरजावाले पेनाल्टीमार्फत गोल गरेपछि एथलेटिको बिल्वाओलाई १–० ले पराजित गर्दै सोसिडाड च्याम्पियन बन्न सफल भएको हो ।

सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको हो । त्यतिबेला सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । सोसिडाडले आठपटक फाइनल खेल्दा समग्रमा सोसिडाडको यो तेस्रो कोपा डेल रे उपाधि हो । यसअघि सोसिडाड १९०९ मा च्याम्पियन बनेको थियो ।

सेभियामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा एलेक्सान्डर इसाकको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । ३३औं मिनेटमा मार्टिनेजको प्रहारलाई एलेक्स रेमिरोले उच्कृष्ट बचाउ गर्दा बिल्वाओ अग्रता सलनबाट चुक्यो ।

५८औं मिनेटमा सोसिडाडले पेनाल्टीको अवसर पायो । मेरिनोले उपलब्ध गराएको पासमा क्रिस्टियन पोर्टुलाई सोसिडाडकै पुर्व खेलाडी इनिगो मार्टिनेजले लडाएपछि रेफ्रीले सोसिडाडलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मिकेल ओयरजावाल चुकेनन् ।

उक्त फउलमा शुरुवातमा रेफ्री जेभियर इस्ट्रडाले मार्टिनेजलाई रातो कार्ड देखाएपनि भिआरको सहायताको कार्ड परिवर्तन भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा ओयरजावालको गोल नै सोसिडाडलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.