default_image

9 years ago

October 19, 2016

नेपाली राष्ट्रिय टोलीको तयारी तीव्र गतिमा

131 views

0 Bookmark

हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी कार्तिक १७ गतेबाट मलेसियामा हुने सोलिडारिटी कपको लागि तयारी तिब्र पारेको छ।

Nepal National Football Team Training

समूह ‘ए’ मा टिमोर लेस्टे र ब्रुनाईसंग खेल खेल्ने नेपालले प्रतियोगिता जित्ने लक्ष्य लिएको छ। सन् २०१६मा नेपालले २ उपाधि जितिसकेको छ र ह्याट्रिक गर्ने दाउमा छ।

जापानका प्रशिक्षक ग्योतोकु कोजिले टोलीलाई प्रशिक्षण दिइरहेका छन् भने राजु काजी शाक्य र उज्वल मानन्धर सहायक प्रशिक्षक रहेका छन्। नेपाली दिनको दुइ पटक प्रशिक्षण गरिरहेको छ। ३० जना खेलाडी सम्मिलित बन्द प्रशिक्षणबाट २३ जना खेलाडी अन्तिम टोलीमा पर्नेछन।

नेपाल कार्तिक १५ गते मलेसियातर्फ प्रस्थान गर्दैछ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.