default_image

3 years ago

April 4, 2021

अलमुताइरी राष्ट्रिय फुटबल टोलीका नयाँ प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले १ वर्ष राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ । विश्व कप छनोटका ३ खेल र सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्य नजर गर्दै एन्फाले नयाँ […]

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले १ वर्ष राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ ।

विश्व कप छनोटका ३ खेल र सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपलाई मध्य नजर गर्दै एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । विश्वकप छनोटका ५ खेल नेपालले योहान कालिनको प्रशिक्षणमा खेलेको थियो । कोभिडका कारण स्वदेश फर्केका कालिनको सम्झौता सकिएपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक तोकेको थियो ।

महर्जनको प्रशिक्षणमा नेपालले गत साता दशरथ रंगशालामा थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जसमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले दशरथ रंगशालामा ३७ वर्षपछि उपाधि जितेको थियो । यसअघि सन् १९८४ मा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको सागमा स्वर्ण पदक जितेको थियो । १९९९ मा आठौं सागमा फाइनल पुगेपनि नेपाल उपाधि जित्न असफल भएको थियो ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक प्रो लाइसेन्स प्राप्त हुनु पर्ने नयाँ नियम ल्याएपछि एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेको अलमुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । उनी थ्री नेसन्स कप अघि नै नेपाल आएका थिए । उनको स्थानीय खर्च एन्फाले बेहोर्ने छ भने बाँकि सबै आर्थिक जिम्मेवारी कतार फुटबल संघले लिएको छ ।

प्रशिक्षक अमुताइरीले आफ्नो लक्ष्य राम्रो नतिजा दिएर आम नेपालीलाई खुसी बनाउनु रहेको बताए । ‘नेपाली खेलाडीको प्रदर्शन हेर्ने अवसर पाएँ । खेलाडीमा क्षमता छन् । उनीहरुले नेपाली समर्थकलाई खुसी दिन सक्छन् जसको उनीहरु हकदार छन् । मलाई आफूले सोचे अनुसार प्रदर्शन निकाल्न केहि समय लाग्ला नै, तर यसमा प्रष्ट छु यो टोलीमा भरपुर क्षमता छ,’ उनले भने ।

अलमुताइरीले आफूले नेपाली फुटबललाई सम्भव भएसम्म नजिकबाट नियालेको बताए । ‘ मैले विगत तीन वर्ष नेपालले उमेर समुह र अन्तर्राष्ट्रिय फुटबलमा खेलेको सबै खेल हेरें । मैले निकै सम्भावना देखेको छु,’ उनले भने, ‘ हाम्रो दक्षिण एसियाली राष्ट्रमा सबै उस्तै स्तरका छन् । त्यसैको आधारमा पनि मैले योजना बनाएको छु । हामीले एसियन कप खेल्ने लक्ष्य राखेर अघि बढ्नुपर्छ ।’

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.