default_image

3 years ago

April 7, 2021

डर्टमुन्डमाथि म्यानचेस्टर सिटीको जित

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले डर्टमुन्डलाई २–१ ले पराजित गरेको हो । सिटीको जितमा केभिन डि ब्रुयन र फिल फोडेनले गोल गर्दा डर्टमुन्डका मार्काे रिउसले एक गोल फर्काए । खेलको सातौ […]

67 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले डर्टमुन्डलाई २–१ ले पराजित गरेको हो । सिटीको जितमा केभिन डि ब्रुयन र फिल फोडेनले गोल गर्दा डर्टमुन्डका मार्काे रिउसले एक गोल फर्काए ।

खेलको सातौ मिनेटमा म्यानुयल एकान्जीको पासमा जुडे बेलिङघमको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाउँदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा केभिन डि ब्रुयनको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले रियाद महारेजको पासमा गोल गरेका थिए ।

२४औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले भेट्न नसकेको बललाई एन्सगर नाउफको चिप पासलाई कप्तान मार्काे रिउसले भेट्न नसकेको बललाई गोलरक्षक मोराएसले बचाउँदा डर्टमुन्ड बराबरीबाट चुक्यो । ३७औं मिनेटमा बेलिङघमले गोल गरेपनि उनको गोलले मान्यता पाएन । ४८औं मिनेटमा हालान्ड चुके । ६५औं मिनेटमा सिटीका फिल फोडेन चुक्दा सिटी पनि अग्रता दोब्बर पार्नबाट चुक्यो ।

त्यसपछि सिटीले लगातार दुई अवसरलाई सदुपयोग गर्न सकेनन् । ८४औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले हालान्डको पासलाई सदुपयोग गरेका थिए । ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

यो जितसँगै सिटीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटीले अन्तिम चारको यात्रा तय गर्नेछ । डर्टमुन्डलाई सेमिफाइनल पुग्न कम्तीमा २–० को जित आवश्यक पर्नेछ । दोस्रो लेगको खेल १५ अप्रिलमा डर्टमुन्डको मैदानमा हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.