default_image

3 years ago

April 7, 2021

श्रीलंका पुलिसमाथि आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्स क्लबमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ । आर्मीले १–० ले पछि परेको अवस्था उल्ट्याउदै सानदार पूनरागमन जित हात पारेको हो । आर्मीको पूनरागमन जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्स क्लबमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ ।

आर्मीले १–० ले पछि परेको अवस्था उल्ट्याउदै सानदार पूनरागमन जित हात पारेको हो । आर्मीको पूनरागमन जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले समान एक गोल गरे । श्रीलंका पुलिसका इभान्स एसान्तेले गरेको गोल सान्त्वना बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले पहिलो हाफमा २–१ को अग्रता लिदा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

खेलको पहिलो मिनेटमा नवयुग श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । चौथो मिनेटमा विवेक बस्नेत र कप्तान भरत खवासको वान टु वान पासमा विवेकको प्रहारलाई गोलरक्षक दिनेश महेन्द्रनले बचाए ।

लगत्तै टेक बहादुर बुढाथोकीको क्रसलाई भरत खवास र नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मी अग्रता लिनबाट चुक्यो । १०औं मिनेटमा सन्तोष तामाङको झन्डै ३० यार्ड टाढाको प्रहारलाई श्रीलंकाका गोलरक्षक दिनेश महेन्द्रनले पञ्च गर्दै बचाए ।

१२औं मिनेटमा कप्तान भरत खवासले गोलरक्षक दिनेशलाई बिट गर्दै गरेको प्रहारलाई गोललाइन नजिकैबाट निकोलसले क्लियर गर्दा आर्मी अग्रता लिनबाट चुक्यो ।

लगत्तै सन्तोष तामाङको कर्नरमा भरत खवासको हेडरलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २१औं मिनेटमा इभान्स एसान्तेको प्रहारलाई आर्मीका गोलरक्षक दिवश चौधरीले बचाए । २८औं मिनेटमा इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई १–० को अग्रता दिलाए । उनले इसाक एडेभुको पासलाई सदुपयोग गर्दै सहज फिनिस गरेका थिए ।

३४औं मिनेटमा नवयुग श्रेष्ठको क्रस पासमा भरत अवासले पेनाल्टी बक्स भित्र पाएको सुवर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो । ३९औं मिनेटमा टंक बहादुर बस्नेतको क्रसमा भरत खवासको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

४१औं मिनेटमा विकास खवासको थ्रु बललाई विपक्षी खेलाडीले क्लियर गरेको बललाई सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट हाफ भलीमार्फत दर्शनीय गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए ।

४३औं मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । ५०औं मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई श्रीलंका पुलिस स्पोर्ट्स क्लबका गोलरक्षक दिनेश महेन्द्रनले बचाउने प्रयास गरेपनि टंक बस्नेतले पोस्ट नजिकैबाट वान टचमा गोल गर्दै आर्मीलाई ३–१ ले अघि बढाए ।

७६औं मिनेटमा इभान्सको प्रहार क्रसबारमा लागेर फर्कदा श्रीलंका पुलिस गोलअन्तर कम गर्नबाट चुक्यो । ८३औं मिनेटमा सब्सिच्युट सुदिल राईले गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए ।

६३औं मिनेटमा टंक बहादुर बस्नेतको स्थानमा मैदान प्रवेश गरेका सुदिल राईले सन्तोष तामाङसँगको वान टु वान पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुदिल राईको प्रहार क्रसबारमा लागेर फर्कदा आर्मीले थप अग्रता बढाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै आर्मीलाई ५–१ को सानदार जित दिलाए ।

एएफसी कपमा आर्मीले यसपटक समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ ।

आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । अब आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।

बेंगलुरुविरुद्ध खेल भने १४ अप्रिलमा गोवास्थित जीएमसी रंगशालामा हुनेछ । उक्त खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ ।

प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीली माल्दिभ्समा खेल्नेछन् । उक्त खेलको विजेताले अबहानी लिमिटेड ढाकासँग बंगलादेशमा खेल्नेछ । उक्त खेलको विजेताले अर्को पोलको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको समूह डीमा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् ।

समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । प्लेअफका छनोट भने ७ अप्रिलदेखि नै सुरु हुनेछन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.