default_image

3 years ago

April 8, 2021

एमबाप्पे चम्कदा बायर्नमाथि पीएसजीको जित

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ । पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र […]

52 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।

पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले गोल फर्काएपनि हार टार्न सकेन । यो जितसँगै पीएसजीले गत संस्करणको फाइलमा भोगेको हारको बदला लिएको छ । पीएसजी गत संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा पीएसजीले खेलको तेस्रो मिनेटमा नै एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गरेका थिए । २८औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । उनले बेन्जामिन पाभर्डको पासलाई सदुपयोग गरेका थिए ।

६०औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

पीएसजीविरुद्ध बल पोसेसनमा पकड बनाएको बायर्नलाई आफ्ना स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीको अभाव खड्किएको थियो । उनी अन्तर्राष्ट्रिय विश्राम दौरान चोट बोक्दै मैदान बाहिर छन् । उनले दोस्रो लेग पनि गुमाउने सम्भावना छ ।

यस्तै जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा पीएसजीलाई यही नतिजा अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । १–० को हारले पनि पीएसजी सेमिफाइनलमा प्रवेश गर्नेछ । बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.