default_image

3 years ago

April 8, 2021

पोर्टाेमाथि चेल्सीको सहज जित

एजेन्सी – मासन माउन्ट र वेन चिलवेलको गोल मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गरेको छ । रोमन सान्चेज पिजुवान सेभिया स्पेनमा बुधबार राति भएको खेलमा चेल्सीले पोर्टाेलाई २–० को हार चखाएको हो । मासन माउन्टले पहिलो हाफमा तथा वेन चिलवेलले दोस्रो हाफमा गोल गरेका थिए […]

38 views

0 Bookmark

एजेन्सी – मासन माउन्ट र वेन चिलवेलको गोल मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गरेको छ ।

रोमन सान्चेज पिजुवान सेभिया स्पेनमा बुधबार राति भएको खेलमा चेल्सीले पोर्टाेलाई २–० को हार चखाएको हो । मासन माउन्टले पहिलो हाफमा तथा वेन चिलवेलले दोस्रो हाफमा गोल गरेका थिए । खेलको २३औं मिनेटमा ओटाभियोले जेसस कोरोनासँग वान टु वान पासमा बनेको मुभमा ओटाभियोको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले बचाए ।

३२औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले जर्गिन्होको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा कर्नरबाट आएको बललाई पेपेले हेडर प्रयास गरेपनि गोलरक्षक मेन्डीले सहजै बचाउँदै अग्रता कायम राखे । ५६औं मिनेटमा लुइस डियाजको प्रहारले पोस्टको दिशा लिन नसक्दा पोर्टाे बराबरीबाट चुक्यो ।

६०औं मिनेटमा चेल्सीका एन्टेनियो रुडिगरको प्रहारलाई पोर्टाेका गोलरक्षक अगस्टिन मर्चेसिनले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा टिमो वेर्नरले अवसर पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५औं मिनेटमा वन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । च्याम्पियन्स लिगमा चिलवेलको यो पहिलो गोल हो ।

यो जितसँगै चेल्सीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा चेल्सीलाई यही नतिजा अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ । पोर्टाेलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो हुनेछ । दोस्रो लेग सेभियामै १४ अप्रिलमा हुनेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.