default_image

3 years ago

April 8, 2021

रोनाल्डो र डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा नेपोलीलाई २–१ ले पराजित गरेको छ । एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलमा पाहुना टोलीका लोरेन्जो इन्सिग्नेले अन्तिम समयमा गोल गरेपनि हार टार्न सकेन । खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । […]

45 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा नेपोलीलाई २–१ ले पराजित गरेको छ ।

एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलमा पाहुना टोलीका लोरेन्जो इन्सिग्नेले अन्तिम समयमा गोल गरेपनि हार टार्न सकेन । खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । उनले फेडरिको चिइसाको पासमा गोल गरेका थिए । त्यसअघि खेलको दोस्रो मिनेटमा डानिलोले ओभरल्यापमा गएर दिएको क्रस पासमा रोनाल्डोको फ्लिक हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३७औं मिनेटमा डानिलो र जुआन कोर्डाडोको समन्वयमा बनेको मुभमा कोर्डाडो चुक्दा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा लोरेन्जो इन्सिग्नेको प्रहारलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले बचाउँदै बराबरी टारे । ४८औं मिनेटमा डि लोरेन्जोको प्रहारमा बुफोन बाधक बन्दा नेपोली बराबरीबाट चुक्यो । ५३औं मिनेटमा अल्भारो मोराटाले काउन्टर अट्याकमा जुआन कोर्डाडोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५८औं मिनेटमा इन्सिग्नेको प्रहारमा पुन बुफोन नै बाधक बने । ६०औं मिनेटमा फेडरिको चिइसा र मोराटाको वान टु वान मुभमा मोराटाले गोल गर्न सकेनन् । ७१औं मिनेटमा माटियो पोलिटानोले सुवर्ण अवसर खेलर फाल्दा नेपोली बराबरीबाट चुक्यो । त्यसको दुई मिनेट पछि पाउलो डिवालाले गोल गर्दै युभेन्टसलाई २–० ले अघि बढाए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

८८औं मिनेटमा नेपोलीले पेनाल्टीको अवसर पायो । म्याथ्थिज डि लेग्टले पेनाल्टी बक्समा ओसिमहेनलाई लडाएपछि प्राप्त पेनाल्टीमा इन्सिग्नेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो ।

जितसँगै युभेन्टस २९ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १२ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछि छ । पराजित नेपोली ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.