default_image

3 years ago

April 8, 2021

इन्टर मिलानको ११ अंकको अग्रता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि यात्रालाई थप मजवुत बनाउँदा शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा सस्सुलोमाथि २–१ को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ११ तथा तेस्रो स्थानको युभेन्टसलाई १२ अंकले पछि पारेको हो । इन्टरको २९ खेलबाट ७१ […]

54 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि यात्रालाई थप मजवुत बनाउँदा शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ ।

बुधबार राति घरेलु मैदानमा सस्सुलोमाथि २–१ को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ११ तथा तेस्रो स्थानको युभेन्टसलाई १२ अंकले पछि पारेको हो । इन्टरको २९ खेलबाट ७१ अंक रहेको छ । दोस्रो स्थानको एसी मिलानको ६० तथा तेस्रो स्थानको युभेन्टसको ५९ अंक छ । पराजित सस्सुलो ४० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

मिलानोमा इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । सस्सुलोका हामेद ट्राओरेले एक गोल फर्काए । खेलको १०औं मिनेटमा लुकाकुको गोलबाट इन्टर मिलानले अग्रता लिएको थियो । उनले एस्ले योङको पासमा गोल गरेका थिए ।

६७औं मिनेटमा लोउटारो मार्टिनेजले लुकाकुको पासमा गोल गर्दै इन्टरलाई २–० ले अघि बढाए । ८५औं मिनेटमा हामेद ट्राओरेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भया

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.