default_image

3 years ago

April 8, 2021

अफ्रिकन रुट्स आहा गोल्डकपको फाइनलमा

विजय नेपाली, पोखरापाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन आहा ! रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै एआरएले उपाधिका लागि अर्को ए डिभिजन टोली संकटा क्लबसंगको भेट पक्का गरेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै […]

61 views

0 Bookmark


विजय नेपाली, पोखरा
पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन आहा ! रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै एआरएले उपाधिका लागि अर्को ए डिभिजन टोली संकटा क्लबसंगको भेट पक्का गरेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै एआरएले गोल गर्दै अग्रता लियो । जुन पुलिसका लागि दुर्भाग्यपूर्ण बन्न पुग्यो । खेल सुरु भएको दोस्रो मिनेटमा पुलिसका खेलाडी बिच तालमेल बन्न नसक्दा गोल खान पुग्यो । पहुना टोलीका लागि बास्सेकले गोल गर्दै अग्रता दिलाए । खेल पूर्णरुपमा एआरएको नियन्त्रणमा रह्यो । खेलको सुरुवाती देखि पुलिसमा रह्यो । एआरएले पुलिसलाई कुनैपनि गोलको अवसर दिएनन् । सातौं मिनेटमा पुलिसका तेज तामाङको प्रहार बाहिरिदा बराबरी गोल गर्नबाट चुक्यो । खेलको नवौं मिनेटमा आर. एमबाकोपको प्रहार पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले बचाए ।

पुलिसका सन्तोष हेम्रोनले बल अगाडी बढाउन छाडेर आफ्नै पोष्ट तर्फ अघि बढाउँदा टि.एसोउले ट्रयाकल गर्दै बल खोसे सोहि बललाई एमबाकोपले प्रहार गरेका थिए । १३ औ मिनेटमा मौस्साको प्रहारलाई पुलिसका गोलरक्षक सन्जितले पन्च गर्दा रिवाउन्ड बललाई एजीमीले गोल गर्न सकेनन् ।

२१ औ मिनेटमा वान भर्सेस वानको स्थितिमा क्यामरुनी टोलीका बास्सेकले गोल गर्न सकेनन् । उनको प्रहार बाहिरीयो । उनले पुलिसका तेजलाई छलाउँदै उत्कृष्ट अवसर निकालेका थिए । खेलभर पुलिसले बल होल्ड समेत राम्रो संग गर्न सकेन । पुलिसले दोस्रो हाफमा दुई मात्र अवसर सृर्जना गर्न सक्यो । ६० औ मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो । जुमानु राईको पासमा सुमन लामाको प्रहार प्रभावकारी रहेन । खेलको ६६ औ मिनेटमा पोउमनीको बाइसी फस्टबार नजिकैबाट बाहिरीन पुग्यो ।

७३ औ मिनेटमा मोउस्साको प्रहारलाई सन्जितले विफल पारिदिए । ८३ औ मिनेटमा पुलिसले अर्को अवसर खेल फाल्यो । पेनाल्टी बक्स भन्दा केहि बाहिरबाट जुमानुको फ्रिकिकमा सुमनले गोल गर्न सकेनन् । इन्ज्युरी समयमा पुलिसले गोल खान पुग्यो । खेल सकिन केहि सेकेन्डमात्र बाँकी रहँदा एआरए टोलीका मोउस्साले उत्कृष्ट गोल गरेका हुन् । रिमको पासमा मोउस्साले गोल गरे ।

जित पश्चात क्यामरुनी टोलीका प्रशिक्षक सेन्गे वोरिसले नेपालमा खेल्न पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए । ‘हामीले निकै राम्रो खेल खेल्यौ जस्को फल भनेकै जित मात्र थियो ’ उनले भने, ‘हामी फाइनलमा रणनीति परिवर्तन गरेर खेल्ने छौ ।’ पुलिसका प्रशिक्षक अनन्त राज थापाले खेलको सुरुवातमा गोल खानु दुर्भाग्य भएको प्रतिक्रिया दिए । उनले आक्रमण गर्ने प्रयास गरेपनि डिफेन्स बलियो भएका कारण निकै गाह्रो भएको बताए ।

एआरए र संकटा क्लबले शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । अफ्रिकन रुट्स आहा ! रारामा पहिलो पटक सहभागिता जनाएको टोली हो । पोखरामात्र नभई उक्त टोली नेपालका विभिन्न गोल्डकपमा समेत सहभागिता जनाइ सकेको छ । उक्त टोली बाग्मती गोल्डकपको फाइनलमा थ्रिस्टार संग ३–२ ले हार व्यहोर्दै उपविजेतामा सिमित रह्यो ।

क्यामरुनी टोली सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता च्याम्पियन समेत हो । टोलीले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै उपाधी उचालेको थियो । यस्तै आहा रारामा यस अघि लिग विजेता मछिन्द्र क्लबलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । उता संकटाले भने क्वाटरफाइनलमा मनाङ मस्र्याङदी क्लब र सेमिफाइनलमा एपिएफलाई २–० ले हराउँदै यस अघि नै फाइनल प्रवेश गरेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.