default_image

3 years ago

April 9, 2021

रासफोर्ड र फर्नान्डेसको गोलमा म्यानचेस्टरको जित

एजेन्सी – मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब ग्रानडालाई पराजित गरेको छ । युनाइटेडले ग्रानडालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । ग्रानडामा बिहीबार राति भएको खेलको ३१औं मिनेटमा मार्कुस रासफोर्डले गोल […]

48 views

0 Bookmark

एजेन्सी – मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब ग्रानडालाई पराजित गरेको छ ।

युनाइटेडले ग्रानडालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । ग्रानडामा बिहीबार राति भएको खेलको ३१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले भिक्टर नेल्सन लिन्डेलफको पासमा गोल गरेका थिए ।

घरेलु टोलीलाई बल पोसेसनमा दवाव बढाएपनि युनाइटेडले दोस्रो गोलको लागि पेनाल्टी र खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । इन्ज्युरी समयमा ब्रुनो आँफैलाई पेनाल्टी बक्समा यान ब्रिस इटेकीले लडाएपछिको प्राप्त पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई २–० को सहज जित दिलाए ।

यो जितसँगै युनाइटेडले युरोपा लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम गर्न सके युनाइटेडले अन्तिम चारमा स्थान पक्का गर्नेछ । दोस्रो लेग ओल्ड ट्राफोर्डमा १६ अप्रिलमा हुनेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.