default_image

3 years ago

April 9, 2021

रोमासँग आयाक्सको हार

एजेन्सी – डच क्लब आयाक्सले युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा इटालियन क्लब रोमासँग हार बेहोरेको छ । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा आयाक्सले रोमासँग २–१ को हार बेहोरेको हो । आयाक्सले पहिलो हाफमा १–० को अग्रता लिदा रोमाले दोस्रो हाफमा दुई गोल गर्दै जित दर्ता गर्न सफल भएको थियो । योहान क्रुएफ एरिनामा […]

32 views

0 Bookmark

एजेन्सी – डच क्लब आयाक्सले युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा इटालियन क्लब रोमासँग हार बेहोरेको छ । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा आयाक्सले रोमासँग २–१ को हार बेहोरेको हो ।

आयाक्सले पहिलो हाफमा १–० को अग्रता लिदा रोमाले दोस्रो हाफमा दुई गोल गर्दै जित दर्ता गर्न सफल भएको थियो । योहान क्रुएफ एरिनामा बिहीबार राति भएको खलेमा घरेलु टोली आयाक्सले खेलको ३९औं मिनेटमा डाभी क्लासेनको गोलबाट अग्रता लिएको थियो । उनले डुसान टाडिकको पासमा गोल गरेका थिए ।

५३औं मिनेटमा डुसान टाडिकले पेनाल्टी चुकाउँदा आयाक्स अग्रता दोब्बर पार्नबाट चुक्यो । उनको पेनाल्टीलाई रोमाका गोलरक्षक पाउ लोपेजले बचाए । ५७औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले गोलरक्षक जेल सेरपेनको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भएका थिए ।

बराबरीको अवस्थापछि घरेलु टोलीलाई बल पोसेसन राख्दै रोमालाई दवाव बढाएपनि खेलको अन्त्यतिर गोल खान पुगेको थियो । ८७औं मिनेटमा रोजर इवानेजले गोल गर्दै रोमालाई २–१ को महत्वपुर्ण अवे जित दिलाए ।

यस जितसँगै रोमाले सेमिफाइनलको यात्रालाई बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रोमा अन्तिम चारमा प्रवेश गर्नेछ । आयाक्सलाई कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेग रोमाको मैदानमा १६ अप्रिलमा हुदैछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.