default_image

3 years ago

April 9, 2021

भिल्लारियल विजयी, आर्सनल रोकियो

एजेन्सी – युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले जित हात पार्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई उसकै मैदानमा १–० ले हराएको हो । भिल्लारियलको जितमा जेरार्ड मोरेनोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए […]

56 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले जित हात पार्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई उसकै मैदानमा १–० ले हराएको हो । भिल्लारियलको जितमा जेरार्ड मोरेनोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

घरेलु टोलीविरुद्ध भिल्लारियलले बल पोसेसन राख्दै दवाव बढाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा भिल्ला रियल विजयी हुन सफल भयो ।महत्वपुर्ण अवे जितसँगै भिल्लारियलको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । १६ अप्रिलमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके भिल्लारियल अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

यता, आर्सनल घरेलु मैदानमा चेक रिपब्लिक क्लब स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर दुई गोल निस्कदा दुवै टोलीले जित हात पार्न सकेन । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलको ८६औैं मिनेटमा घरेलु टोलीका निकोलस पेपेले गोल गर्दै अग्रता दिलाएका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा थोमस होलेसले गोल गर्दै स्लाभियालाई हारबाट जोगाउँदा आर्सनल जितबाट वञ्चित बन्यो । दोस्रो लेग स्लाभियाको मैदानमा १६ अप्रिलमा हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.