default_image

3 years ago

April 13, 2021

जीतपुरसिमरा गोल्डकप – आयोजकको विजयी शुरुवात

सुनील गाउँले, सिमरा विश्वकर्मा सिमेन्ट ११ औं जीतपुरसिमरा गोल्डकपमा आयोजक नवजनजागृती यूवा क्लबले विजयी शुरुवात गरेको छ ।सिमरा रंगशालामा फ्लड लाइटमा मंगलबार साँझ अबेर सम्पन्न उद्घाटन खेलमा मकवानपुरको वागमती खेलकुद विकास समितिलाई आयोजक सिमराले ४–२ ले पराजित ग¥यो । सिमराको जितमा अफ्रिकी खेलाडी लुइस भिडाल र डोना थापाले समान २ गोल गरे । ४१ औं […]

41 views

0 Bookmark


सुनील गाउँले,
सिमरा

विश्वकर्मा सिमेन्ट ११ औं जीतपुरसिमरा गोल्डकपमा आयोजक नवजनजागृती यूवा क्लबले विजयी शुरुवात गरेको छ ।
सिमरा रंगशालामा फ्लड लाइटमा मंगलबार साँझ अबेर सम्पन्न उद्घाटन खेलमा मकवानपुरको वागमती खेलकुद विकास समितिलाई आयोजक सिमराले ४–२ ले पराजित ग¥यो । सिमराको जितमा अफ्रिकी खेलाडी लुइस भिडाल र डोना थापाले समान २ गोल गरे ।

४१ औं मिनटमा लुइस भिडालले गोल गर्दै सिमरालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउँदै बागमतीले दोश्रो हाफमा अग्रता लिएपनि जित निकाल्न सकेन । बागमतीका लागि खेलको ६४ औं मिनटमा वसन्त तामाङले गोल गरे । डिबक्स बाहिर पाएको फ्रिकिक अवसरलाई वसन्तले गोलमा परिणत गरेका थिए । खेलको ६८ औं मिनटमा युवराज ढकालले गोल गर्दै वागमतीलाई २–१ को अग्रता दिलाएका थिए ।

दोश्रो हाफको अन्तिम सम्म २–१ ले पछि परेको सिमराले अन्तिम समयमा ३ गोल थप्दै नतिजा आफ्नो पक्षमा पा¥यो । ८८ औं मिनटमा डोना थापाले गोल गर्दै सिमरालाई बराबरीमा ल्याए । त्यसपछि आक्रामक बनेको सिमराले इन्जुरी समयमा २ गोल थप्यो । चार मिनेटको इन्जुरी समयको सुरुवातमै लुइस भिडालले गोल गरे ।

अन्तिम समयमा सम्हालिन नसकेको वागमती विरुद्ध डोना थापाले थप एक गोल गर्दै टिमलाई ४–२ को जित दिलाए । डोना खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी आर्मी र वीरगञ्ज यूनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमूख डा.कृष्ण पौडेल, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.