default_image

3 years ago

April 13, 2021

एआरएलाई फेरि हराउँदै संकटा विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – पोखरामा गत साता सम्पन्न आहा–रारा गोल्डकपका विजेता संकटा क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो । शनिबार एआरएलाई नै टाइब्रेकरमा हराउँदै संकटा पहिलो पटक आहा रारा गोल्ड […]

31 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – पोखरामा गत साता सम्पन्न आहा–रारा गोल्डकपका विजेता संकटा क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो । शनिबार एआरएलाई नै टाइब्रेकरमा हराउँदै संकटा पहिलो पटक आहा रारा गोल्ड कप च्याम्पियन बनेको थियो ।

संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाब पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पंजाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो । फाइनल यात्राको लागि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बिच बुधबार प्रतिस्पर्धा हुनेछ ।

विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनिाइटेड सिकिम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले चिरप्रतिद्धोन्द्धी विभागीय टोली नेपाल पुलिस क्लबलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । विराट गोल्डकपको पूर्व विजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडी गोल्रीले निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

पहिलो गोल खाएपछि दबाबमा परेको एआरएले खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । एआरएले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १३ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेलान्टी एरियादेखि गरेको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए ।

संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार एआरएका गोलरक्षक डिए स्यालबियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा एआरएका बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

दोस्रोे हाफपछि आक्रमक भएको एआरएले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ५८ औं मिनेटमा एआरएका माफोमाले गरेको कडा प्रहार राजुबावले बिफल पारिदिए । खेलको ८९ औं मिनेटमा एआरएका फ्बराईसले पेलान्टी बक्सबाटे प्रहार बाहिरिदा पाहुना टोली बाहिर बाध्य भयो ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेको छ । जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल भएको बताए । एआरएका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुटदा हार भएको बताए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.