default_image

3 years ago

April 14, 2021

बायर्नलाई पछि पार्दै पीएसजी सेमिफाइनलमा

एजेन्सी – साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको सेमिफाइलमा प्रवेश गरेको छ । दोस्रो लेगमा १–० को हारको बावजुत समग्रमा ३–३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा पीएसजीले ३–२ को महत्वपुर्ण अवे […]

44 views

0 Bookmark

एजेन्सी – साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको सेमिफाइलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा १–० को हारको बावजुत समग्रमा ३–३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा पीएसजीले ३–२ को महत्वपुर्ण अवे जित निकालेको थियो । पार्क डि प्रिन्सेसमा मंगलबार राति भएको खेलमा बायर्नको जितमा पीएसजी कै पुर्व फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले गोल गरेपनि टोलीलाई अघिल्लो चरणमा लैजान सकेन ।

प्रतिस्पर्धात्मक खेलको तेस्रो मिनेटमा नै नेयमारको पासमा एबबाप्पेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । नवौं मिनेटमा पाभर्डले बेन्जामिन पाभर्डलाई बिट गर्दै दिएको पास थियो हर्नान्डेजलाई डिफ्लेक्ट हुदै आएको बललाई नेयमारले भेट्न नसक्दा गोलरक्षक म्यानुयल नोयरले बचाए ।

२६औं मिनेटमा लिरोए सानेको वान टु वान पासमा चुपो मोटिङको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बायर्न अग्रता लिनबाट चुक्यो । लगत्तै योसुवा किम्मिखको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २८औं मिनेटमा नेयमारको प्रहारलाई गोलरक्षक नोयरले बचाए । ३७औं मिनेटमा नेयमारको प्रहार क्रसबारमा लागेर बाहिरिदा पीएसजी अग्रता लिनबाट चुक्यो ।

४०औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० ले अघि बढाए । ४४औं मिनेटमा डेभिड अलवाको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाए । ४९औं मिनेटमा नेयमारको हाफ भली प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पीएसजी बराबरीबाट चुक्यो । ५२औं मिनेटमा पाभर्डको पासमा किङ्सले कोमानको प्रहार आकासियो ।

५३औं मिनेटमा एमबाप्पे मार्फत एन्जल डि मारिया हुदै आएको पासलाई नेयमारले भेट्न नसकेको बललाई जेरोमी बोएटिङले क्लोज रेन्जबाट क्लियर गर्दै बराबरी टारे । ७८औं मिनेटमा एमबाप्पेले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा पीएसजी बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा डिफेन्डिङ च्याम्पियन बायर्न क्वाटरफाइनलबाट बाहिरिदा साविक उपविजेता पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.