default_image

3 years ago

April 14, 2021

चेल्सी ७ वर्षपछि सेमिफाइनलमा

एजेन्सी – इंग्लिस क्लब चेल्सी ७ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–० को हार भोगेपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सीले ७ वर्षपछि अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । चेल्सीले पहिलो लेगमा २–० को अवे जित निकालेको थियो । यस्तै चेल्सीले २०१४ मा […]

49 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सी ७ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–० को हार भोगेपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सीले ७ वर्षपछि अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

चेल्सीले पहिलो लेगमा २–० को अवे जित निकालेको थियो । यस्तै चेल्सीले २०१४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइलमा चेल्सी स्पेनिस क्लब एट्ल्टिको म्याड्रिडसँग ३–१ ले पराजित भएको थियो । सेभियामा मंगलबार राति भएको खेलमा पोर्टाे जितमा मेहदी तेरेमीले इनयुरी समयको थप गरिएको चौथो मिनेटमा ओभरहेड किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएपनि अघिल्लो चरणको यात्रामा लैजान सकेन ।

पोर्टाेले प्रि–क्वाटरफाइनलमा इटालियन महारथी युभेन्टसलाई पाखा लगाएपनि क्वाटरफाइनलबाट अघि बढ्न सकेन । चेल्सीले पहिलो लेगमा मासन माउन्ट र बेन चिलवेलको गोलको जित निकालेको थियो । अब चेल्सीले सेमिफाइनलमा रियल म्याड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा रियल ३–१ ले अघि दोस्रो लेग आज राति एनफिल्डमा हुदैछ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.