default_image

3 years ago

April 14, 2021

एएफसी कप छनोटः आर्मी र बैंगलुरु भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले दक्षिण एसियाली छनोट अन्तर्गत प्ले अफ चरणको दोस्रो खेलमा आज साँझ भारतीय क्लब बैंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । खेल गोआस्थित जिएमसी रंगशालामा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । आर्मीको २७ सदस्यीय टोली बुधबार नै गोआ पुगिसकेको छ । आर्मीले दशरथ रंगशालामा २५ चैतमा प्ले अफको पहिलो […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले दक्षिण एसियाली छनोट अन्तर्गत प्ले अफ चरणको दोस्रो खेलमा आज साँझ भारतीय क्लब बैंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल गोआस्थित जिएमसी रंगशालामा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । आर्मीको २७ सदस्यीय टोली बुधबार नै गोआ पुगिसकेको छ । आर्मीले दशरथ रंगशालामा २५ चैतमा प्ले अफको पहिलो चरणमा श्रीलंका पुलिस स्पोर्टस् क्लबमाथि ५–१ को शानदार जित निकालेको थियो । आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले समान एक गोल गरेका थिए ।

आर्मी बैंगलुरुलाई हराउँदै अर्काे चरणको यात्रालाई थप मजवुत बनाउने दाउमा हुनेछ । तर, भारतीय कप्तान समेत रहेको सुनिल क्षेत्रीको कप्तानीमा उत्रने बैंगलुरुविरुद्ध जित निकाल्न आर्मीलाई सहज हुनेछैन । आर्मीसँग पहिलो रोजाईका गोलरक्षक विकेश कुथु र कप्तान जर्जप्रिन्स कार्की टोलीमा हुनेछैन

एएफसी कपमा आर्मीले समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । आर्मीले बेंगलुरुलाई जितेमा अप्रिल २१ मा प्ले अफ फाइनल खेल्नेछ । प्लेअफको अर्को खेलमा माल्दिभ्सको क्लब इगल्स र बंगलादेशको अबहानी खेल्दैछन् ।

प्रतियोगिताको समूह डीमा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् ।

आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्र क्लब को स्थानमा एएफसी कप खेल्न मौका पाएको हो । नेपालमा एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने आर्मी एक मात्र टोली हो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.