default_image

3 years ago

April 14, 2021

आर्मी एएफसी कप छनोटबाट बाहिरियो!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफको दोस्रो खेलमा फराकिलो हार बेहोर्दै बाहिरिएको छ । बुधबार राती भारतको गोवास्थित जीएमसी रंगशालामा भएको खेलमा आर्मी ५-० ले पराजित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि आर्मीले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । दोस्रो हाफको सुरुवाती मिनेटदेखि नै […]

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफको दोस्रो खेलमा फराकिलो हार बेहोर्दै बाहिरिएको छ ।

बुधबार राती भारतको गोवास्थित जीएमसी रंगशालामा भएको खेलमा आर्मी ५-० ले पराजित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि आर्मीले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । दोस्रो हाफको सुरुवाती मिनेटदेखि नै दबाबमा रहेको आर्मीले एकपछि अर्को गोल खाएको थियो ।

पहिलो हाफमा आर्मीका गोलरक्षक विवश चौधरीले केहि राम्रो बचाउ गरेपनि दोस्रो हाफमा भने बेंगलुरुको आक्रमण रोक्न सकेनन् । दोस्रो हाफमा १५ मिनेटको अन्तरमा ५ गोल खाएपछि आर्मी पराजित हुन पुगेको हो ।

पहिलो हाफमा अग्रता लिन चुकेको बेंगलुरुले ५१ औं मिनेटमा पहिलो गोल गरेको थियो । क्लेटन सिल्भाको कर्नरमा राहुल भेकेको हेडर गोलमा परिणत भएको थियो । त्यसको एक मिनेटपछि नै कप्तान सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्र भित्रबाट सहज गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

क्लेटनले ६१ औं मिनेटमा सानदार एकल प्रयासमा गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ब्राजिलियन फरवार्डले कप्तान सुनिलको पासलाई नियन्त्रणमा लिँदै गोलरक्षक र दुई डिफेन्डरलाई छलाउँदै सहजै गोल गरे । उनले ६५ औं मिनेटमा अर्को गोल थप्दै ४-० को अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै भेकेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५-० को स्थितिमा पुर्याए ।

यस हारसँगै एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व शून्य रहने भएको छ । आर्मी एएफसी कपको छनोट खेल्ने एकमात्र टोली थियो । आर्मीले दक्षिण एसियाली प्लेअफको पहिलो खेलमा श्रीलंका पुलिसमाथि ५-१ को जित दर्ता गरेको थियो । अब आर्मीलाई पराजित गरेको बेंगलुरुले प्लेअफ फाइनल जिते समूह चरणमा स्थान बनाउनेछ । आर्मी टोलीका केहि खेलाडीलाई कोरोना संक्रमण भएपछि मुख्य खेलाडीबिना नै भारत पुगेको थियो ।

प्लेअफको अर्को सेमिफाइनलमा बंगलादेशको अबहानी युनाइटेड र माल्दिभ्सको क्लब इगल्स खेल्दैछन् । आज हुनुपर्ने खेल कोरोना संक्रमणका कारण २१ अप्रिलमा हुनेछ । उक्त खेल बंगलादेशमा हुन सम्भव नभएपछि नेपाल वा भारतमध्य एक राष्ट्रले उक्त खेल आयोजना गर्ने तयारी छ । यसअघि २१ अप्रिललाई तय गरिएको प्लेअफ फाइनल भने २८ अप्रिललाई सारिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.