default_image

3 years ago

April 15, 2021

डर्टमुन्डलाई हराउँदै सिटी सेमिफाइनलमा

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा पनि सिटीले २–१ को जित निकालेको थियो । सिग्नल इडुना पार्कमा बुधबार […]

43 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा पनि सिटीले २–१ को जित निकालेको थियो । सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

सिटीको जितमा रियाद महारेज र फिल फोडेनले गोल गर्दा घरेलु टोलीका जुडे बेलिङघमले गरेको गोल सान्त्वना बन्यो । खेलको १५औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई अघि बढाएका थिए । उनले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गरेका थिए ।

५५औं मिनेटमा रियाद महारजेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इम्री क्यानले पेनाल्टी बक्समा बल क्लियर गर्ने क्रममा हातले छुन पुगेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा महारजे चुकेनन् । ६०औं मिनेटमा हालान्डले अवसर खेर फाल्दा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो ।

६९औं मिनेटमा मयट हमेल्सको पासमा मार्काे रिउसको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

अब सिटीले सेमिफाइलनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । अर्काे सेमिफाइनलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.