default_image

3 years ago

April 15, 2021

रेनुकाले ४ साता खेल्न नसक्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा एपिएफकी मिडफिल्डर रेनुका नगरकोटे चोटका कारण कम्तीमा एक महिना मैदान बाहिर रहने भएकी छन् । रेनुकाको दाहिने खुट्टाको कान्छी औंलाको बाहिरी भागमा दुखाई कारण बिहीबार प्लास्टर गरिएको छ । चिकित्सकले कम्तीमा चार साता प्लास्टर र त्यसपछि पनि ठीक नभएमा शल्यक्रिया गर्नुपर्ने बताएको रेनुकाले हाम्रो खेलकुदलाई जानकारी दिएकी छन् । […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा एपिएफकी मिडफिल्डर रेनुका नगरकोटे चोटका कारण कम्तीमा एक महिना मैदान बाहिर रहने भएकी छन् ।

रेनुकाको दाहिने खुट्टाको कान्छी औंलाको बाहिरी भागमा दुखाई कारण बिहीबार प्लास्टर गरिएको छ । चिकित्सकले कम्तीमा चार साता प्लास्टर र त्यसपछि पनि ठीक नभएमा शल्यक्रिया गर्नुपर्ने बताएको रेनुकाले हाम्रो खेलकुदलाई जानकारी दिएकी छन् ।

फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग अघिबाटै समस्या भएपनि पेनकिलर खाएर र टेपिङ गरेर खेल्ने गरेको उल्लेख गर्दै रेनुकाले भनिन्, ‘लिग अघिबाटै समस्या भएको थियो । एक्सरे गरेर हेर्दा खासै केहि देखिएन । सामान्य होला भनेर औषधी खाँदै र टेपिङ गर्दै लिग खेले । पछि फेरि दुखाई हुन थालेपछि देखाए ।’

‘अहिले परिक्षणमा सिस्ट देखियो । डक्टरले ट्युमर होकी भन्ने शंका पनि गर्नुभएको थियो । तर, एमआरआई गर्दा ट्युमर होइन भन्नुभयो । सिस्ट भने यथावत रहेकोले आज प्लास्टर गर्यौं । त्यसपछि पनि ठीक भएन भने अप्रेसन गर्नुपर्छ भन्नु भएको छ ।’

रेनुका राष्ट्रिय टोली र एपिएफकी नियमित खेलाडी हुन् । निरु थापाले सन्यास लिएपछि रेनुकाले राष्ट्रिय टोलीको कप्तानी गर्नेछिन् । यसअघि निरु नहुँदा साफ च्याम्पियनसिपमा रेनुकाले कप्तानी सम्हालिसकेकी छिन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.