default_image

3 years ago

April 15, 2021

संकटालाई हराउँदै पंजाब पुलिस फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै भारतको पञ्जाब पुलिस क्लब विराटनगरमा जारी छैठो विराट गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० निराश बनाउँदै पंजाब उपाधि नजिक पुगेको हो । पंजावले शनिबार हुने फाइनलमा विभागिय […]

35 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै भारतको पञ्जाब पुलिस क्लब विराटनगरमा जारी छैठो विराट गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० निराश बनाउँदै पंजाब उपाधि नजिक पुगेको हो । पंजावले शनिबार हुने फाइनलमा विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।

पहिलो पटक विराट गोल्डकपमा भाग लिइरहेको पाहुना टोली पंजाबले खेलको ७५ औं मिनेटमा परमजीत सिंहको गोलबाट लिएको अग्रता नै खेलको निर्णायक बनेको थियो । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफसम्म गोल हुने सकेन । सातौं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्लै अगाडि बढाएर पेलान्टी बक्स नजिकबाट प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा पंजाबका हरेसदेव सिंहले प्रहार गर्दा गोल पोष्ट माथिबाट बाहिरयो ।

२०७० को विराट गोल्कडपको विजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पंजाब उसको सपनाको बाधक बन्यो । खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पंजावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । १७ औं मिनेटमा फेरी संकटाका तिर्थले ३० यार्डदेखि गरेको प्रहार बाहिरयो ।

खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरनुपर्यो ।

यसअघि संकटाले आरा रारा गोल्डकपमा अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो ।दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो । खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

झगडा गरेपछि दुई खेलाडीलाई रेड कार्ड

खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड काड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडी बिच झगडा भएको थियो । झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रफ्री दनुवारले रेड कार्ड दिएका थिए । पंजाबका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.