default_image

3 years ago

April 15, 2021

सडन डेथमा बागमतीको क्वार्टरफाइनल यात्रा

सुनील गाउँले, बारा सर्लाहीको बागमती यूवा क्लब सिमरामा जारी विश्वकर्मा सिमेन्ट ११ औं जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको प्रतिष्पर्धात्मक खेलमा चितवनको भरतपुर फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सर्लाहीले क्वार्टरफाइनलमा नेपाल एपिएफसँगको भेट पक्का ग¥यो । प्रतिष्पर्धात्मक खेलको टाइब्रेकरपनि २–२ को बराबरीमा रोकिएपछि नतिजा सडनडेथबाट निस्कियो । सडन डेथमा […]

39 views

0 Bookmark

सुनील गाउँले, बारा

सर्लाहीको बागमती यूवा क्लब सिमरामा जारी विश्वकर्मा सिमेन्ट ११ औं जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको प्रतिष्पर्धात्मक खेलमा चितवनको भरतपुर फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सर्लाहीले क्वार्टरफाइनलमा नेपाल एपिएफसँगको भेट पक्का ग¥यो ।

प्रतिष्पर्धात्मक खेलको टाइब्रेकरपनि २–२ को बराबरीमा रोकिएपछि नतिजा सडनडेथबाट निस्कियो । सडन डेथमा भरतपुरका मनिष तामाङको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने बागमतीका गोलरक्षक अरुण भ्लोनले विजयी गोल गरेका थिए ।

टाइब्रेकरमा भरतपुरका उमेश राइको प्रहार क्रसबारमा लागेर फर्कियो भने विक्की चाम्लीङ र विपीन गुरुङको प्रहार सर्लाहीका गोलरक्षक अरुण भ्लोनले बचाउ गरे । भरतपुरका राज भुषाल र एकराज बुढाथोकीले टाइब्रेकरमा गोल गरेका थिए ।

त्यस्तै सर्लाहीका निरज थापाको प्रहार पोष्टमा ठोक्किएर फर्कियो । निग्मा घिसिङ र अभि लामाको प्रहार भरतपुरका गोलरक्षक मनोज गुरुङले उत्कृष्ट बचाउ गरे । सर्लाहीका लागि स्टेफन समिर र प्रितम स्याङवोले टाइब्रेकरमा गोल गरेका थिए । यसअघि निर्धारित ९० मिनेट र ३० मिनेट थप समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

अन्तिम समयमा १० खेलाडीमा समेटिएको भरतपुरले सर्लाहीलाई कडा चुनौती दिएको थियो । अतिरिक्त समयको १५ औं मिनटमा भरतपुरका डिफेन्डर विपिन मल्ल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सर्लाहीले केहि राम्रा अवसर बनाएपनि गोल गर्न सकेन ।

खेलको महालक्ष्मी विकास वैंक म्यान अफ दि म्याच सर्लाहीका गोल रक्षक अरुण भ्लोन घोषित भए । उनले पाँचहजार नगद र ट्रफि प्राप्त गरे । शुक्रबार हेटौंडाको विजय युथ क्लब र सुदुरपश्चिम ११ स्पोर्टस् क्लब धनगढीबीच प्रतिष्पर्धा हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.