default_image

3 years ago

April 16, 2021

म्यानचेस्टर युरोपा लिगको सेमिफाइनलमा

एजेन्सी – स्पेनिस प्रतिद्धन्द्धी ग्रानडालाई सहजै पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगाको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई २–० ले तथा समग्रमा ४–० को जितसहित अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा युनाइटेड २–० ले विजयी भएको थियो । दोस्रो लेगमा पनि २–० को जितमा युनाइटेडका […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस प्रतिद्धन्द्धी ग्रानडालाई सहजै पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई २–० ले तथा समग्रमा ४–० को जितसहित अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा युनाइटेड २–० ले विजयी भएको थियो । दोस्रो लेगमा पनि २–० को जितमा युनाइटेडका लागि एडिन्सन काभानीले गोल गर्दा एक गोल उपहार पाएके थियो ।

ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलको छैटौं मिनेटमा नै इडिन्सन काभानीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले पल पोग्वाको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बल पोसेसनमा पकड बनाएपनि युनाइटेडले थप गोलको लागि खेलको अन्तिम समय कुर्नुपरेको थियो । इन्ज्युरी समयमा जेसस भालेजोले आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी हुन सफल भयो ।

अब युनाइटेडले फाइनल प्रवेशका लागि इटालियन क्लब रोमाको सामना गर्नेछ । रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । पहिलो लेगमा २–१ को जित निकालेको रोमा बिहीबार राति भएको दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यस्तै अर्काे सेमिफाइनलमा इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । आर्सनलले चेक क्लब स्लााभिया प्रागलाई तथा भिल्लारियलले क्रोएसियन क्लब डेनामो जाग्रिवको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.