default_image

3 years ago

April 16, 2021

सानदार जितसँगै आर्सनल सेमिफाइनलमा

एजेन्सी – चेक रिपब्लिक प्रतिद्धन्द्धी स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै इंग्लिस क्लब आर्सनलले युरोपा लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । दोस्रो लेगमा […]

69 views

0 Bookmark

एजेन्सी – चेक रिपब्लिक प्रतिद्धन्द्धी स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै इंग्लिस क्लब आर्सनलले युरोपा लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । दोस्रो लेगमा आर्सनलको सानदार जितमा एलेसान्द्रे लाकाजेटले दुई तथा निकलस पेपे र बुकायो साकाले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

सिनोवो स्टेडियम प्राहामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा उनी अफसाइड ठहरिए । १८औं मिनेटमा निकलस पेपेले इमिल स्मिथकै पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २१औं मिनेटमा एलेसान्द्र लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

२४औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनलले २४ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिएको थियो । चौथो गोलको लागि भने आर्सनलले दोस्रो हाफको अन्त्यतिरको समय कुर्नुपरेको थियो । ७७औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनललाई दोस्रो लेगमा ४–० को सानदार जित दिलाए ।

यस्तै युरोपा लिगकै अर्काे खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–१ ले तथा समग्रमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा आर्सनलसँथगको भेट पक्का गरेको छ । भिल्लारियलको जितमा पाको एल्कासेर र जेरार्ड मोरेनोले गोल गर्दा डिनामोका मिस्लभ ओर्सिसले एक गोल फर्काएका थिए ।

अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४–० ले तथा इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अब सेमिफाइनलमा आर्सनल र भिल्लारियल तथा म्यानचेस्टर युनाइटेड र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु ३० अप्रिल र ७ मेमा हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.