default_image

3 years ago

April 17, 2021

मेस्सी : एथ्लेटिकका लागि बाधक

एजेन्सी – कप्तान लिओनल मेस्सीले बार्सिलोनामा उत्कृष्टताको थप प्रमाण दिइराख्नु पर्ने आवश्यकता छैन । किनकी पटक पटक उनले क्लबका लागि उच्च प्रदर्शन गरिसकेका छन् । मेस्सीले एकल प्रयासमा पनि पटक पटक टोलीलाई सफलता दिलाएका छन् । यो सिजनमा पनि त्यो क्रम जारी छ । अर्जेन्टिनी सुपर स्टारले अन्य कुनै खेलाडी भन्दा फरक प्रदर्शन गर्न सक्छन् […]

57 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनल मेस्सीले बार्सिलोनामा उत्कृष्टताको थप प्रमाण दिइराख्नु पर्ने आवश्यकता छैन । किनकी पटक पटक उनले क्लबका लागि उच्च प्रदर्शन गरिसकेका छन् ।

मेस्सीले एकल प्रयासमा पनि पटक पटक टोलीलाई सफलता दिलाएका छन् । यो सिजनमा पनि त्यो क्रम जारी छ । अर्जेन्टिनी सुपर स्टारले अन्य कुनै खेलाडी भन्दा फरक प्रदर्शन गर्न सक्छन् भन्नेमा कसैलाई शंका छैन । उनी टोलीको प्रेरणाका श्रोत पनि हुन् ।

बार्सिलोनाले शनिबार कोपा डे रे को फाइनलमा एथलेटिक क्लब बिल्बाओविरुद्ध खेल्दैछ । मेस्सी कत्तिको प्रभावशाली खेलाडी हुन् भन्ने एथ्लेटिकलाई राम्ररी थाहा छ । कोपा डेल रेको फाइनलमा फेरि एक पटक मेस्सीमा सबैको नजर रहनेछन् । मेस्सी बार्सिलोना पुगेयता बार्सिलोनो र एथ्लेटिक क्लबबीच ३ महत्वपूर्ण खेल भएका छन् । ती सबैमा मेस्सी अरु भन्दा फरक देखिएका छन् ।

सन् २०१५ मा क्याम्प नोउमा भएको फाइनलमा मेस्सीले सनसनीपूर्ण गोल गरेका थिए । मेस्सीले ४ डिफेन्डरलाई छलाउँदै गरेको उक्त गोलको मद्दतले बार्सिलोना ३–१ ले विजयी भएको थियो ।

मेस्सिको सानदार इतिहास

मेस्सीको विगतलाई हेर्ने हो भने एथ्लेटिकविरुद्ध उनी निर्णयक रहँदै आएका छन् । एथ्लेटिकविरुद्ध पछिल्ला ३ फाइनलमा मेस्सीले ४ गोल गर्नुका साथै १ गोलमा एसिस्ट गरेका छन् । जुन कुनै पनि खेलाडीले गरेको उच्च प्रदर्शन हो । एथ्लेटिकविरुद्ध सबै खाले प्रतियोगितामा पनि मेस्सीको प्रदर्शन स्मरणीय छ । उनले एथ्लेटिकविरुद्ध ४० खेलमा २६ गोल र ७ गोलमा एसिस्ट गरेका छन् ।

एथ्लटिकसँग खेल्दा मेस्सीको सम्झनायोग्य मात्र होइन विर्सनलायक केहि घटना पनि छन् । यो सिजन सुपरकोपा डे स्पानाको फाइनलमा एथ्लेटिकसँग बार्सिलोना पराजित भएको थियो । त्यसमा खेलको अन्त्यतिर मेस्सीले रातो कार्डको पाएका थिए । जुन उनको क्लब करिअरको पहिलो रातो कार्ड थियो । त्यसका बाबजुद पनि मेस्सी शनिबार हुने फाइनलमा महत्वपूर्ण खेलाडी रहनेछन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.