default_image

3 years ago

April 16, 2021

एपिएफ भण्डारा कालिका गोल्ड कपको दोस्रो चरणमा

चितवन – एपिएफ भण्डारा चितवनको कालिका नगरपालिकामा जारी प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा शुक्रबार लेखनाथ युनाइटेड पोखरालाई सडन डेथमा हराउँदै एपिएफ भण्डारा अघिल्लो चरणमा पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकर पनि ३–३ को बराबरीमा सकिएपछि खेल सडन डेथमा पुगेको थियो । […]

54 views

0 Bookmark

चितवन – एपिएफ भण्डारा चितवनको कालिका नगरपालिकामा जारी प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा शुक्रबार लेखनाथ युनाइटेड पोखरालाई सडन डेथमा हराउँदै एपिएफ भण्डारा अघिल्लो चरणमा पुगेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकर पनि ३–३ को बराबरीमा सकिएपछि खेल सडन डेथमा पुगेको थियो । एपिएफका गोलकिपर श्याम थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा शनिबार अभिषेक चर्च रजहर नवलपुर र रड्स क्लब रामपुरबीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाहिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकल तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.