default_image

3 years ago

April 16, 2021

विजय युथ जीतपुरसिमरा गोल्डकपको अन्तिम ८ मा

सुनील गाउँले, बारा विजय युथ क्लब हेटौडा विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शुक्रबार साँझ सुदूरपश्चिम ११ धनगढीलाई २–० ले हराउँदै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ अन्तिम आठमा पुगेको हो । सेमिफाइनलका लागि विजय युथले अब संकटा क्लबको सामना गर्नेछ । हेटौंडाको जितमा नवराज गुरुङ र […]

32 views

0 Bookmark

सुनील गाउँले, बारा

विजय युथ क्लब हेटौडा विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शुक्रबार साँझ सुदूरपश्चिम ११ धनगढीलाई २–० ले हराउँदै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ अन्तिम आठमा पुगेको हो । सेमिफाइनलका लागि विजय युथले अब संकटा क्लबको सामना गर्नेछ ।

हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले गोल गरे । खेलको १६ औं मिनटमा नवराजको गोलबाट हेटौडाले अग्रता लिएको थियो । खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

७५ औँ मिनेटमा विकासले गोल गर्दै विजय युथलाई जिततर्फ अघि बढाएका थिए । सुदूरपश्चिमका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई फाउल गरेपछि पाएको फ्रिकिकमा विकासले गोल गरेका थिए । झन्डै २५ यार्डबाट विकासको प्रहार सिधै गोलमा परिणत भएको थियो।
सुदूरपश्चिमले खेलमा केहि मौका पाउँदा पनि सदुपयोग गर्न सकेन । खेलको १८ औं मिनटमा विनोद केसीले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार हेटौंडाका गोलकिपर अशोक बरालले रोके । ३६ औं मिनटमा सुनीलको क्रसमा शक्ति राइले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार अशोकले जोगाए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा सुदूरपश्चिमका विनोद को क्रसमा बल शक्ति पेनाल्टी बक्समा सम्हाल्न नसक्दा गोल गर्ने अवसर चुक्यो । म्यान अफ दि म्याच घोषित हेटौंडाका नवराज गुरुङले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती सिमराबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पाले वाई पाएर सिधै क्वार्टरफाइनल खेल्दैछ । आयोजकले उद्घाटन खेलमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिलाई हराएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.