default_image

3 years ago

April 17, 2021

केनको गोलमा टोटेनहम हारबाट जोगियो

एजेन्सी – ह्यारी केनले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर हारबाट जोगिएको छ । टोटेनहमले घरेलु टोली एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । एभर्टनका लागि दुवै गोल गिल्फी सिगुर्डसनले गरेपनि जित निकाल्न सकेन । सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा टोटेनहम २–१ ले पछि परेको थियो । तर, […]

44 views

0 Bookmark

एजेन्सी – ह्यारी केनले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर हारबाट जोगिएको छ । टोटेनहमले घरेलु टोली एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

एभर्टनका लागि दुवै गोल गिल्फी सिगुर्डसनले गरेपनि जित निकाल्न सकेन । सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा टोटेनहम २–१ ले पछि परेको थियो । तर, केनले गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए ।

गुडिसन पार्कमा शुक्रबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २७औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले १–० को अग्रता लिएको थियो । उनले डिफेन्डर माइकल किनको गल्तीको फाइदा उठाउदै वान टचमा फिनिस गरेका थिए ।

तर, टोटेनहमको त्यो अग्रता लामो समय टिकेन । ३१औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सर्जियो रिगुइलनले पेनाल्टी बक्समा हामेस रोड्रिग्वेजलाई फल गरेपछि एभर्टनले पेनाल्टी पाएको थियो । जसमा सिगुर्डसन चुकेनन् ।

३८औं मिनेटमा सिगुर्डसनको प्रहारलाई टोटेनहमका गोलरक्षक तथा कप्तान ह्युगो लोरिसले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हामेस रोड्रिग्वेजको पासमा विन गुड फ्रेको बाउन्स हेडर आकासियो ।

५७औं मिनेटमा ह्युङ मिन सनको कर्नरमा टोवी एल्डरवेइरेल्डको हेडर पोस्टमा लागेर बाहिरिदा टोटेनहम बराबरीबाट चुक्यो । ६०औं मिनेटमा एलानले गोल गरेपनि उनको गोलले मान्यता पाएन । ६२औं मिनेटमा गिल्फी सिगुर्डसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । उनले सिमस कोलेमनको पासलाई सदुपयोग गरेका थिए ।

६८औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा केन ह्याट्रिकबाट चुके । ८५औं मिनेटमा हामेस रोड्रिग्वेजले सुवर्ण अवसर खेर फाल्दा एभर्टन जितबाट बञ्चित बन्यो ।

यो बराबरीसँगै टोटेनहम ३२ खेलबाट ५० अंक जोडेर सातौ स्थानमा रहँदा एक खेल कम खेलेको एभर्टन ४९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.