default_image

3 years ago

April 17, 2021

बार्सिलोना र बिल्वाओ उपाधिका लागि भिड्दै

एजेन्सी – यस सिजनको स्पेनिस कोपा डेल रेको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार स्टेडियो ओलम्पिको डि सेभियामा राति १ः१५ बजे हुनेछ । बार्सिलोना बिल्वाओलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्न चाहन्छ । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो । यो सिजन कोपा डेल रेको […]

87 views

0 Bookmark

एजेन्सी – यस सिजनको स्पेनिस कोपा डेल रेको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार स्टेडियो ओलम्पिको डि सेभियामा राति १ः१५ बजे हुनेछ । बार्सिलोना बिल्वाओलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्न चाहन्छ । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो ।

यो सिजन कोपा डेल रेको च्याम्पियन बन्दै बार्सिलोना उपाधि यात्रालाई अघि बढाउन चहान्छ । बार्सिलोना ला लिगको पनि उपाधि होडमा रहेको छ । यस्तै प्रशिक्षकको रुपमा रोनाल्ड कोम्यानलाई पनि बार्सिलोनामा पहिलो उपाधि जित्ने अवसर छ । उनी यसै सिजनको सुरुवातमा बार्सिलोनामा जोडिएका थिए ।

टोलीसँग कप्तान लियोनले मेस्सीसँगै एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङ्लेट, जेराड पिके, रोनाल्ड एराउजो, फ्रान्की डि योङ र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् । बार्सिलोना २०१८ को कोपा डेल रे च्याम्पियन हो ।

यता, एथलेटिको बिल्वाओ पनि बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको च्याम्पियन बन्दै सिजनको दोस्रो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । बिल्वाओले गत जनवरीमा स्पेनिस सुपर कपमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको थियो । बिल्वाओ सोही लयलाई दोहोर्याउने योजनामा हुनेछ ।

टोलीसँग इनाकी विलियम्स, राहुल गार्सिया, इकर मुनियन, डानी गार्सिया, युनाई भेन्सेडर, एलेक्स, बेरेन्गुएर, इनिगो मार्टिनेज, ओस्कार डि मार्काेस र गोलरक्षक युनाई सिमोन टोलीमा रहेका छन् ।

बिल्वाओ १९८४ पछि पहिलोपटक उपाधि जित्ने योजनामा हुनेछ । गत सिजन फाइनलमा पुगेपनि बिल्वाओ रियल सोसिडाडसँग १–० ले पराजित हुदै उपाधिबिमुख बनेको थियो । यि दुई टोलीको पछिल्लो ३४ भेटमा बार्सिलोना हावी छ । बार्सिलोनाले २१ खेल आफ्नो पक्षमा पार्दा बिल्वाओ ६ खेलमा विजयी भएको छ । ७ खेल बराबरीमा सकिएको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.