default_image

3 years ago

April 17, 2021

हिमालयन शेर्पा आयोजक नव जनजागृतीसँग स्तब्ध

सुनील गाउँले, बारा ए डिभीजन क्लब हिमालयन शेर्पाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै आयोजक नवजनजागृती यूवा क्लब विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार साँझ भएको खेलमा सिमराले हिमालयन शेर्पालाई ३–२ ले हराएको थियो । सिमरालाई जित दिलाउन अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे । हिमालयन […]

59 views

0 Bookmark

सुनील गाउँले, बारा

ए डिभीजन क्लब हिमालयन शेर्पाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै आयोजक नवजनजागृती यूवा क्लब विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार साँझ भएको खेलमा सिमराले हिमालयन शेर्पालाई ३–२ ले हराएको थियो ।

सिमरालाई जित दिलाउन अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे । हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे । घरेलु दर्शकको समर्थन पाएको सिमरा विरुद्ध लिएको शूरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्वाटरफाइनलबाटै बाहिरीयो ।

तुलनात्मक रुपमा कमजोर सिमराविरुद्ध खेलको १९ औं मिनटमा पूर्णको गोलमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो । घरेलु मैदानमा १–० ले पछि परेको सिमराले आक्रामक खेल प्रस्तुत गर्दै पाँच मिनट भित्रै हिमालयन शेर्पाविरुद्ध अग्रता बनाउन सफल भयो । खेलको २४ औं मिनटमा अफ्रिकी स्ट्राइकर लुइसले गोल गरे । त्यस लगतै २५ औं मिनटमा डोनाले गोल गर्दै सिमराका समर्थकलाई खुशी पारे ।

पाँचहजार बढि दर्शकको उत्साहजनक समर्थन पाएको सिमराले पहिलो हाफमा हिमालयन शेर्पालाई दबाबमा राख्यो । ६३ औं मिनटमा सिमराका सकलले गोल गर्दै सिमराको अग्रता फराकिलो पारे । लुइस को सुन्दर पासलाई डिबक्स बाहिरबाट सकलले गरेको पहिलो प्रहार हिमालयन शेर्पाका गोल रक्षक छिरिङ लामाले बचाएपनि सम्हाल्न नसक्दा रिवाउण्ड बललाई सकलले गोलमा परिणत गरे ।

अन्तिम समयमा सिमराविरुद्ध आक्रामक बनेको हिमालयन शेर्पाका लागि रवि रानाले ८८ औं मिनटमा फ्रिकिक गोल गरे । हिमालयन शेर्पाका पूर्णलाई सिमराका अफ्रिकी खेलाडीले फाउल गरेपछि पाएको फ्रिकिकलाई झण्डै २५ यार्डबाट रविले गोलमा परिणत गरेपनि टिमको हार टार्न सकेनन् ।

दोश्रो हाफमा हिमालयन शेर्पाले बनाएका केहि राम्रा अवसर गोलमा परिणत हुन सकेन । ५४ औं मिनटमा हिमालयन शेर्पाका पूर्णको प्रहारलाई सिमराका रक्षक रोहन तामाङ क्लिएर गरे । पेनाल्टी बक्स भित्र किपर समेत विट भइसकेको अवस्थामा गोललाइनबाट रोहनले बल क्लिएर गर्दै हिमालयन शेर्पालाई बराबरी गोल गर्नबाट रोके ।

६४ औं मिनटमा हिमालयन शेर्पाले अर्को सुन्दर अवसर गुमायो । पूर्णको क्रसपासमा कमल थापा मगरले पेनाल्टी बक्स बाहिरबाट गरेको शसक्त प्रहार सिमराका गोलरक्षक सुवास बलले उत्कृष्ट बचाउ गरे । ८९ औं मिनटमा कैलाश बस्नेतको प्रहार पोष्ट नजिकबाट बाहिरीयो त्यस लगतै खेलको ९० औं मिनटमा हिमालयन शेर्पाले पाएको अर्को अवसर पनि खेर गयो । पेनाल्टी भित्रैबाट वर्तमान राईले गरेको सशक्त प्रहार सिमराका गोलरक्षकले बचाए ।

खेलको म्यान अफ दि म्याच घोषित सिमराका गोलरक्षक सुवास बलले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा आइतबार दोश्रो क्वाटरफाइनल त्रिभुवन आर्मी फुटबल क्लब र अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनबीच हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.