default_image

3 years ago

April 17, 2021

एपिएफ पहिलो पटक विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद) – विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि जित्न नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले पहिलो पटक विराट गोल्ड कप जित्न सफल भएको हो । प्रदीप लामाले १० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो […]

88 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि जित्न नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले पहिलो पटक विराट गोल्ड कप जित्न सफल भएको हो ।

प्रदीप लामाले १० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अर्काे विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–० को जित निकाल्दै अघि बढेको एपिएफले सेमिफाइनलमा आयोजक विराटनगर महानगरपालिकामाथि ३–२ ले निराश बनाएको थियो । विराट गोल्डकपको इतिहासमा दोस्रो पटक फाइनलसम्म पुगेको थियो । यसअघि टोली २०७० सालमा फाइनल पुगेको थियो । यसपटक विराट गोल्डकपको च्याम्पियन बनेको एपिएफले उपाधिसहित १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो पटक विराट गोल्ड कपमा सहभागी पञ्जाब पुलिसले उपविजेताका रुपमा प्रतियोगिताको अन्त्य गरेको छ । गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अघि बढेको पञ्जाबले क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० र सेमिफाइनलमा आहा रारा गोल्डकपको विजेता संकटा क्लबलाई १–० ले पराजित गरेको थियो । पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो ।

एपिएफका आशिष लामा विराट गोल्ड कपका म्यान अफ द टुनामेन्ट चुनिए र उनले मोटरसाइकल प्राप्त गरे । फाइनलका निर्णायक गोलकर्ता प्रदिप लामा म्यान अफ द फाइनल चुनिए र उनले १० हजार रुपैयाँ पाए । सोही टोलकिा राजु नगरकोटी उत्कृष्ट गोलकिपर, सनिश श्रेष्ठ उत्कृष्ट रक्षक, एपिएफकै मणि लामा उत्कृष्ट मिडफिल्डर घोषित भए ।

४ गोल गरेका विराटनगरका ११ का प्रकाश बुढाथोकी सर्वाधि गोलकर्ता बने । एपिएफका सुमित श्रेष्ठले उत्कृष्ट प्रशिक्षक चुनिए भने संकटाका क्लबका फोडे फोफना उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । विराटनगर ११ अनुशासित टोली चुनियो ।

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् सदस्य एवम् राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान र विराटनगरका मेयर भीम पराजुलीलगायतले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.