default_image

3 years ago

April 18, 2021

बायर्नको ७ अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख यस सिजन पनि उपाधिनजिक पुग्दा शीर्षस्थानमा स्पष्ट ७ अंकको अग्रता कायम गरेको छ । शनिबार राति भएको खेलमा तेस्रो स्थानको वल्फ्सवर्गमाथि ३–२ को जित निकाल्दै बायर्नले शीर्षस्थानमा ७ अंकका अग्रता कायम गरेको हो ।बुन्डेसलिगामा अब ५ चरणको खेलमात्रै बाँकी रहेको छ । बायर्नको २९ खेलबाट ६८ अंक […]

33 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख यस सिजन पनि उपाधिनजिक पुग्दा शीर्षस्थानमा स्पष्ट ७ अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति भएको खेलमा तेस्रो स्थानको वल्फ्सवर्गमाथि ३–२ को जित निकाल्दै बायर्नले शीर्षस्थानमा ७ अंकका अग्रता कायम गरेको हो ।बुन्डेसलिगामा अब ५ चरणको खेलमात्रै बाँकी रहेको छ । बायर्नको २९ खेलबाट ६८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ६१ तथा बायर्नसँग पराजित वल्फ्सवर्गको ५४ अंक छ ।

भोक्सवागन एरिना वल्फ्सवर्गमा शनिबार राति भएको खेलमा बायर्नको जितमा जमाल मुसियालाले दुई तथा इरिक म्याक्सिम चुपो मोटिङले एक गोल गरे । घरेलु टोलीका वोउट वेगह्रस्ट र म्याक्सिमिलियन फिलिपले एक गोल फर्काए । खेलको १५औं मिनेटमा जमाल मुसियालाले अलफन्सो डाभिसको पासमा गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । २४औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

३५औं मिनेटमा वोउट वेगह्रस्टले जासभर सल्गरको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसको दुई मिनेटपछि जमल मुसियालाले थोमस मुलरको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ५४औं मिनेटमा म्याक्सिमिलियन फिलिपले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न बविजयी हुन सफल भयो ।

अन्य नतिजा
आरबी लाइप्जिगविरुद्ध होफेनहाइन (०–०), अग्सवर्गविरुद्ध अर्मेनिया बिलेफिल्ड (०–०), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध फ्रान्कफुर्ट (–०), फ्रेइवर्गविरुद्ध साल्के (–०), युनियन बर्लिनविरुद्ध भिएफबी स्टुटगार्ट (–१), बायर लिभरकुसनविरुद्ध एफसी कोल्न (–०)

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.