default_image

3 years ago

April 18, 2021

जिनोआमाथि मिलानको जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानमा रहेको एसी मिलानले जिनोआमाथि २–१ को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान मिलानोमा आइतबार साँझ भएको खेलमा मिलानको जितमा एन्टी रेविचले गोल गर्दा एक गोल उपहार पाएको थियो । जिनोआका माटिया डेस्ट्रोले एक गोल फर्काए । खेलको १३औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई १–० को […]

72 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानमा रहेको एसी मिलानले जिनोआमाथि २–१ को संघर्षपुर्ण जित निकालेको छ ।

घरेलु मैदान मिलानोमा आइतबार साँझ भएको खेलमा मिलानको जितमा एन्टी रेविचले गोल गर्दा एक गोल उपहार पाएको थियो । जिनोआका माटिया डेस्ट्रोले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । उनले पिएरे कालुलुको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा माटिया डेस्ट्रोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मिहा जासको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा जियानलुका कामाक्काले आत्मघाती गोल गरेपछि मिलानले खेलमा २–१ को अग्रता लिन सफल भयो । हकान कलहानोग्लुको कर्नरमा मारियो मान्जुकिकले प्रयास गर्दाको बललाई कामक्काले बचाउन खोज्दा आफ्नै पोस्टमा गा्ल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान २–१ ले विजयी हुन सफल भयो ।

जितपछि दोस्रो स्थानमा रहेको मिलानको ३१ खेलबाट ६६ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको शीर्षस्थानको इन्टर मिलानभन्दा ८ अंकले पछि तथा तेस्रो स्थानको युभेन्टसभन्दा ४ अंकले अघि छ । पराजित जिनोआ ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.