default_image

3 years ago

April 18, 2021

इन्ज्युरी समयको रोमाञ्चमा पीएसजीको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई तथा मोउरो इकार्डीको एक गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा सेन्ट इटिएनमाथि ३–२ को पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार साँझ भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट एमबाप्पे र इकार्डीले गोल गर्दै पीएसजीलाई महत्वपुर्ण ३ अंक दिलाए । खेलको अन्त्यतिर गोलको वर्षा […]

36 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई तथा मोउरो इकार्डीको एक गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा सेन्ट इटिएनमाथि ३–२ को पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार साँझ भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट एमबाप्पे र इकार्डीले गोल गर्दै पीएसजीलाई महत्वपुर्ण ३ अंक दिलाए । खेलको अन्त्यतिर गोलको वर्षा भएको खेलमा सेन्ट इटिएनका डेनिस बोआंगा र रोमेन हामोउमाले गोल फर्काए । सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पार्क डेस प्रिन्सेसमा आइतबार साँझ भएको खेलमा घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि सुरुवातमा गोल खान पुगेको थियो । एक गोलले पछि परेपछि पीएसजीले थप आक्रमक फुटबल खेल्दै जित निकाल्न सफल भएको हो ।

खेलेको ७८औं मिनेटमा डेनिस बोआंगाले मिग्वेल ट्राउकोको पासमा गोल गरेपछि पीएसजी खेलमा पछि परेको थियो । तर, त्यो अग्रता एक मिनेट पनि टिकेन । ७९औं मिनेटमा एमबाप्पेले एन्डर हेरेराको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । पेनाल्टी बक्समा गोलरक्षक इटिन ग्रीनले एमबाप्पेमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे आँफैले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटा रोमेन हामोउमाले गोल गर्दै सेन्ट इनिटएनलाई खेलमा २–२ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मोउरो इकार्डीले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित दिलाए ।

यो जितसँगै साविक विजेतासमेत रहेको पीएसजीले यो सिजन पनि उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । १ अंकले पछि रहेको दोस्रो स्थानमा रहेको पीएसजीको ३३ खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको लिलको ७० अंक छ । तेस्रो स्थानमा रहेको मोनाकोको ६५ अक छ । पराजित सेन्ट इटिएन ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.